ताजा समाचार

डम्बरसँग मतान्तर बढाउँदै सुहाङ, करिब २२ हजार भाेट गन्दा २६१८ ले लिड

काठमाडाैँ । उपनिर्वाचनको जारी मतगणनाअनुसार इलाम–२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता जारी राखेका छन् ।

सोमबार बिहान ७ः५५ को अद्यावधिक विवरणअनुसार कुल २१ हजार ८१० सदर मत गणना सकिँदा सुहाङले ८ हजार ८९८ मत पाएका छन् ।

यसैगरी कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले ६ हजार २८० मत पाउँदा स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बुले ४ हजार ६३४ मत पाएका छन् ।

यस्तै चौथो स्थानमा रहेका रास्वपाका मिलन लिम्बुले १३०५ मत पाएका छन् । यस्तै नेकपा एकीकृत समाजवादीका जीत बहादुर राईले २४० मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org