इलाममा जिततर्फ लम्किँदै सुहाङ
विराटनगर । इलाम क्षेत्र नम्बर २ मा भएको निर्वाचनको अब देउमाई नगरपालिकाको वडा नम्बर ९ इलाम नगरपालिका क्षेत्रको मात्रै मत परिणाम आउन बाँकी छ । इलाम नगरपालिकाको १२ वटा वडाको मत गन्न बाँकी रहँदा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भए जसरी नै मत गणना भइरहेको स्थानमा एमाले नेता कार्यकर्ता र शुभेच्छुकहरूले नाचगान गर्न थालेका छन् ।
यस्तै इलामको मतगणना भइरहेको सिटी हल क्षेत्रमा एमालेका नेता कार्यकर्ता र शुभेच्छुकहरू भेला हुन थालेका छन् । मतगणना स्थल अगाडि घुइँचो लागेको छ । हिजोको तुलानामा मतगणना स्थलमा एमाले कार्यकर्ताहरुको भिड बढेको हो ।
देउमाई नगरपालिकाको एउटा वडा र इलाम नगरपालिकाको ११ वटाको मत गणना बाँकी छ । मुख्य निर्वाचन कार्यालयका अनुसार २२ हजार ४१८ मत गन्न बाँकी छ । यहि गतिमा मतगणना हुने हो भने अन्तिम नतिजा कुर्न भने भोली बिहान सम्म पर्खनु पर्ने छ । अहिले गणकहरुको ३ वटा टोली छुट्याएर मतगणना भइरहेको छ ।
यो समाचार तयार पार्दासम्म २२ हजार ४१९ मत गन्न बाँकी हुँदा एमालेका उम्मेदवार सुहांग नेम्बांग ६४१९ मतले अगाडि छन् । अहिले इलाम नगरपालिका वडा नम्बर १ र २ नम्बर वडाको मत गणना सुरु भएको छ । इलाम क्षेत्र नम्बर २ अन्तरगत प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको मा ४६५७९ मत गणना भएको छ । गणना भएको मध्ये ६१६ मत बदर भएको छ ।
काँग्रेसले भने १२,६७५ मत पाएको छ । काँग्रेसलाई पहिचान पक्षधरका साझा उम्मेदवार डकेन्द्र सिंह थेगिमले पछ्याउँदै छन् । थेगिमले ९,४१० मत पाएका छन् । चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले भने ३,२४२ मत पाएका छन् ।
इलाम नगरपालिकामा ३२ हजार ४४ मतदाता रहेकोमा २० हजार ६५ मत खसेको छ । २० हजार मत गन्न बाँकी रहँदाको अवस्थामा एमाले नेता तथा कार्यकर्ताहरू आफ्ना उम्मेदवारको जित निश्चित जस्तै भएको बताउन थालका छन् ।
स्थानीय तहको निर्वाचनमा इलाम नगरपालिकामा मेयर उप मेयर नै नेपाली काँग्रेसले जितेको छ । यस्तै ११ वटा वडा मध्ये ३ वटा वडा मात्रै एमालेले जितेको छ । एमालेले इलाम नगरपालिकाको वडा नम्बर २,३,र ११ नम्बर वडामा वडाध्यक्ष जितेको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ ।
कांग्रेसले भने निर्वाचन भएको वडा मध्ये ८ वटा वडाको वडाध्यक्षमा विजय हासिल गरेको छ । काँग्रेसले इलाम नगरपालिकाको १,४,५,६,७,८,९,१२ मा वडाध्यक्ष जितेको थियो स्थानीय तहको निर्वाचनमा इलाममा प्रमुखमा झन्डै ३ हजार मतको अन्तर थियो ।
यही अन्तरलाई हेर्ने हो भने पनि एमालेको जित निश्चित जस्तै भएको एमाले इलामका पूर्व अध्यक्ष तथा एमाले वैकल्पिक केन्द्रीय सदस्य राम राना मगरले बताए । उनले भने हिजै मिसन कम्पिलिट जस्तै भएको थियो । आज दिनभरि आएको मतको परिणामले एमालेका उम्मेदवार सहांग नेम्वांग विजय नजिक पुगेको बताए ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












