सीके राउतले रवि लामिछानेलाई दिए यस्तो सुझाव: जमानत जफत भएपछि अब विचार गर्नुहोला
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले इलाम–२ मा भएको उपनिर्वाचनमा आफ्नो पार्टीले अपेक्षा गरेकै जस्तो मत आएको बताएका छन् ।
इलाम–२ मा जनमत पार्टीले ११८ अर्थात ०.१७ प्रतिशत मत पायो यो कम भए पनि अपेक्षाभन्दा फरक चाहिँ नरहेको उनले बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले ७.३ प्रतिशत मत ल्याउनु राम्रो हो, तर त्यो दलको पनि जमानत नजोगिएको अध्यक्ष राउतको विश्लेषण छ ।
उनले भने, ‘इलामको मत परिणामले धेरैको लागि धेरै अर्थ राख्ला तर एउटा कुरा निश्चित के छ भने यही व्यवस्था रहने हो र नौलो गणतन्त्र नआउने हो भने २०८४ मा पनि कुनै नयाँ कुरा हुनेवाला छैन ।’
अगामी दिनमा झन् पुराना पार्टी र पात्रहरूकै बिगबिगी रहने दाबी गर्दै उनले भने, ‘फेरि गठबन्धनकै सरकार बनिरहने छन्, प्रदेश सरकारहरू फेरि हरेक महिना दुई–महिनामा ढली रहने छन्, गठबन्धनको बैठकमा भागबन्डाको विषयले मात्रै प्रवेश पाइ राख्नेछ, देशको अर्थतन्त्र र देश डुबिरहनेछ, युवाहरू विदेश पलायन भई राख्ने छन्, र चेतना फैलाउने वा विरोध गर्नेहरू पक्राऊ परि राख्ने छन् ।’
जनमत पार्टीका अध्यक्ष राउतले आफ्नो फेसबुकमा इलाम र बझाङको चुनावबाट जनताले पनि पुनर्विचार गर्नु जरुरी रहेको उल्लेख गरेका छन् । मत नयाँलाई नदिने, अनि सारा आकाशपाताल उथलपुथल गरिदिने अपेक्षा अझै हामीबाटै गर्ने अलि उचित भयो त ?’ उनले भनेका छन्, ‘रास्वपाको नेतृत्व र साथीहरूले पनि बुझ्नु पर्ने हो, मैले आन्दोलनको लागि पटक पटक आग्रह गर्दा उहाँहरू २०८४ मा दुई–तिहाइ एक्लै ल्याइन्छ भनेर ढुक्क बस्नु भएको थियो ।’
उनले रास्वपालाई भनेका छन्, ‘बारा र इलाममा जमानत जफत भएको भोग्नु भयो, विचार गर्नुहोला । शुभ चिन्तकको नाताले मात्रै खुलेआम भन्दैछु ।’
Comments
अरु समाचार
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...











