उपचुृनावको नतिजाले एमाले उत्साहित,नयाँ शक्तिको भविष्य अन्योल
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा गरी दुई वटा सिटमा भएको उपचुनावमध्ये दुवै सिट नेकपा एमालेले जितेको छ । प्रतिनिधि सभा अन्तर्गत इलाम–२ मा भएको उपचुनावमा एमालेले आफ्नै सिट जोगाएको हो भने प्रदेश सभा अन्तर्गत बझाङ १ (क) मा भएको उपचुनावमा एमालेले कांग्रेसको सिट खोसेको छ । इलाममा सुहाङ नेम्वाङ र बझाङमा दमनबहादुर भण्डारी निर्वाचित हुनुभयो ।
सिट सङ्ख्याका आधारमा उपचुनावको नतिजाले राष्ट्रिय राजनीतिमा कुनै उथलपुथल नल्याए पनि नतिजाले एमालेलाई उत्साहित बनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले इलाममा विजयी जुलुसलाई सम्बोधन गर्ने कुराले पनि एमाले उत्साहित भएको देखाउँछ । पुराना शक्तिले आफूहरूप्रतिको विश्वास देखाउने र नयाँ शक्तिहरूले आफूहरूको विस्तार देखाउने गरी प्रचार गरेका कारण पनि यो चुनाव दलहरूका लागि प्रतिष्ठाको विषय बनेको थियो ।
यस्तै अघिल्लो चुनावअघि विभिन्न कारण धेरै आलोचित बनेर पुनः लयमा फर्कन लागेको एमालेका लागि यो जित आफ्नो क्षमता देखाउने माध्यम बनेको राजनीतिक विश्लेषक प्राध्यापक डा। लोकराज बराल बताउनुहुन्छ । यस्तै चुनावको नतिजाले पुराना दलहरू विशषगरी कांग्रेस र एमालेकै प्रभाव देखाएको पनि डा। बरालले बताउनुभयो ।
नयाँ शक्तिको रूपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि इलाममा प्रचारलाई व्यापक बनाएको थियो । तर इलाममा रास्वपाका उम्मेदवारको धरौटीसमेत जफत भयो । इलाममा रास्वपाले पाएको मतले नयाँ शक्तिका नेताहरूको आचरण सुधार हुनुपर्ने देखिएको प्राध्यापक डाक्टर बरालले बताउनुभयो ।
इलाममा रास्वपाका उम्मेदवारले कम मत पाउनुमा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिनु र हतारहतार सरकारमा सहभागी हुनु मुख्य कुरा रहेको धेरैको भनाइ छ । यो कुरालाई पार्टीको तर्फबाट कमान्डरको रूपमा इलाम–२ मा खटिएका सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले पनि स्वीकार गर्नुभएको छ ।
Comments
अरु समाचार
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...











