जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल भएको टिप्पणी गरेका छन् ।
इलामको उपनिर्वाचनमार्फत पपुलिजम स्वीकार्य नभएको सन्देश जनताले दिएको उनले बताए ।
एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले जातिवाद स्वीकार्य नभएको सन्देश पनि उपनिर्वाचनले दिएको उल्लेख गरे । कोसी प्रदेशको नामकरणविरुद्ध एमालेलाई नियोजित रूपमा कमजोर पार्न आन्दोलन चलाइएको उनको भनाइ छ ।
महासचिव पोखरेलले एमालेको नेतृत्वमा सरकार बनाउँदा नेपाललाई विश्वको एउटा नमुना राष्ट्रका रूपमा पुर्याउन सफल भएको जिकिर गरे । तर, षड्यन्त्रपूर्व एमाले नेतृत्वको सरकार विस्थापन गर्दा मुलुक अप्ठ्यारो अवस्थामा पुगेको उनले बताए । मुलुक अप्ठ्यारो अवस्थामा लामो समय रहे सम्हालन नसक्ने स्थितिमा पुग्न सक्ने भएकाले एमालेको पहलमा नयाँ सत्तासमीकरण बनाइएको उनले सुनाए ।
उनले वर्तमान सत्तासमीकरणले देशलाई तत्काल नै चमत्कार दिने नभएर मुलुकको ओरालो यात्रालाई रोकेर अघि बढाउन सक्ने मान्यताका साथ एमाले सरकारमा सहभागी भएको बताए ।
महासचिव पोखरेलले कतिपयले पार्टी एकताका नाममा फेरि टाउको जोड्ने कुरा गरेको उल्लेख गरे । अहिले टाउको नभई कार्यकर्ताको मन जोड्न जरुरी रहेकामा उनले जोड दिए ।
नेपाली कांग्रेससँग मिलेर पञ्चायत ढाल्नुपर्छ भनेबापत पुष्पलाललाई ‘गद्दार’ भन्ने मोहनविक्रम सिंह अहिले समाजवाद कि पुँजीवाद भनेर कित्ताकाट गर्नुपर्ने बेला कांग्रेसकै पछाडि कुदिरहेको उनले टिप्पणी गरे ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












