जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल भएको टिप्पणी गरेका छन् ।
इलामको उपनिर्वाचनमार्फत पपुलिजम स्वीकार्य नभएको सन्देश जनताले दिएको उनले बताए ।
एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले जातिवाद स्वीकार्य नभएको सन्देश पनि उपनिर्वाचनले दिएको उल्लेख गरे । कोसी प्रदेशको नामकरणविरुद्ध एमालेलाई नियोजित रूपमा कमजोर पार्न आन्दोलन चलाइएको उनको भनाइ छ ।
महासचिव पोखरेलले एमालेको नेतृत्वमा सरकार बनाउँदा नेपाललाई विश्वको एउटा नमुना राष्ट्रका रूपमा पुर्याउन सफल भएको जिकिर गरे । तर, षड्यन्त्रपूर्व एमाले नेतृत्वको सरकार विस्थापन गर्दा मुलुक अप्ठ्यारो अवस्थामा पुगेको उनले बताए । मुलुक अप्ठ्यारो अवस्थामा लामो समय रहे सम्हालन नसक्ने स्थितिमा पुग्न सक्ने भएकाले एमालेको पहलमा नयाँ सत्तासमीकरण बनाइएको उनले सुनाए ।
उनले वर्तमान सत्तासमीकरणले देशलाई तत्काल नै चमत्कार दिने नभएर मुलुकको ओरालो यात्रालाई रोकेर अघि बढाउन सक्ने मान्यताका साथ एमाले सरकारमा सहभागी भएको बताए ।
महासचिव पोखरेलले कतिपयले पार्टी एकताका नाममा फेरि टाउको जोड्ने कुरा गरेको उल्लेख गरे । अहिले टाउको नभई कार्यकर्ताको मन जोड्न जरुरी रहेकामा उनले जोड दिए ।
नेपाली कांग्रेससँग मिलेर पञ्चायत ढाल्नुपर्छ भनेबापत पुष्पलाललाई ‘गद्दार’ भन्ने मोहनविक्रम सिंह अहिले समाजवाद कि पुँजीवाद भनेर कित्ताकाट गर्नुपर्ने बेला कांग्रेसकै पछाडि कुदिरहेको उनले टिप्पणी गरे ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












