देशलाई अस्थिरताबाट जोगाउन, ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले देश राजनीतिक अस्थिरतामा फसेको बताएका छन्।
प्रेस युनियन कञ्चनपुर शाखाले सोमबार बिहान महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै लेखकले यस्तो बताएका हुन।
‘१४ महिनामा ३ पटक सरकार फेरियो। सत्तारुढ दल नै फुट्ने अवस्था आएको छ,’ जनता समाजवादी पार्टी (जसपा) विभाजनलाई लक्षित गर्दै उनले भने, ‘राजनीतिक स्थिरता नहुनु मुलुकका लागि चिन्ताको विषय हो।’
मुलुकमा स्थिरता ल्याउनका लागि गम्भीरतापूर्वक सोच्नु पर्ने अवस्था आएको उनको भनाइ थियो। संविधानको समीक्षा गरेर अन्य पार्टीहरुसँग संवाद र सहमतिमा संशोधन गरेर जानु पर्नेमा उनले जोड दिए।
‘संविधानका राम्रा पक्ष छन्। ८ वर्षको अभ्यासमा कतिपय दुर्बल पक्ष पनि देखिएका छन्। हामीले मिश्रित निर्वाचन प्रणाली अपनायौँ। देशमा स्थिरता हुनुपर्ने तर अस्थिरता रह्यो,’ उनले भने, ‘बहुमतको शासन परिकल्पना ग¥यौँ। साना साना पार्टीले नेतृत्व गर्ने अवस्थ आयो। यो निकै चिन्ताको विषय हो।’
सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानविन हुनु पर्ने उनले बताए। सरकारले नेपाली कांग्रेसले उठान गरेको माग सम्बोधन नगरेर संसदको अधिवेशन अन्त्य गरेर भागेको उनको टिप्पणी थियो।
‘प्रधानमन्त्री सहकारीको छानविन समग्रतामा गर्ने भन्नुभएको सुनियो। त्यसका लागि हामी तयार छौँ। तर सबैको छानविन गर्दा व्यक्ति लक्षित गृहमन्त्रीको छानविन नगर्नु पर्ने?,’ उनले भने, ‘रवि लामिछानेको हामीले राजीनामा मागेका छैनौँ। छानविन हुनु पर्ने मात्रै भनेका छौँ।’
बजेट अधिवेशन आह्वान भएकाले त्यसअघि नै सरकारले आफूहरुको माग सम्बोधन गरेर जानेमा उनले विश्वास व्यक्त गरे। नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाउन पर्ने आवाज उठिरहेको उनले उल्लेख गरे। नेकपा एमालेभित्रै अहिले सत्तारुढ समिकरणप्रति असन्तुष्टि देखिएको उनको आरोप थियो।
दुवै पार्टीभित्र र जनतामा एमाले र कांग्रेस मिलेर सरकार बनाउनु पर्ने आवाज उठेको बताउँदै उनले तर त्यसका लागि ठोस संवाद नभएको स्पष्ट पारे।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












