ताजा समाचार

सुहाङ नेम्वाङले आज शपथ लिँदै

काठमाडौं। गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले आज शपथ लिने भएका छन् । नेम्वाङको सांसद पदको शपथ ग्रहण कार्यक्रम ११ बजे सिंहदरबारस्थित कृषि समितिको हलमा हुने तय गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

उनी इलाम क्षेत्र नम्बर २ मा २७ हजार ७७२ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याएका थिए। खड्काभन्दा नेम्वाङ ५ हजार ७ सय ८० मतान्तरसहित विजयी थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org