‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन
काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो दश महिनामा तीन सय ७२ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागुऔषध सेवनकर्ता, बिक्रेता र ओसारपसारमा संलग्नलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमध्ये २५ महिला समेत रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । लागुऔषध कारोबारमा संलग्नमध्ये स्वदेशी तीन सय २५ पुरुष र २५ महिला तथा १८ विदेशी पुरुष र चार विदेशी महिला रहेका छन् ।
सोही अवधिमा झापामा लागुऔषधका दुई सय ४० मुद्दा दर्ता भएका छन् । खैरो हिरोइन एक हजार नौ सय ४४ ग्राम चार हजार छ सय ४० मिलिग्राम र गाँजा २६ किलोभन्दा बढी बरामद गरेको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को साउन महिनामा ३४ पुरुषसहित ३७ जना लागुऔषधसहित पक्राउ परेका थिए । त्यस्तै भदौमा ४२ जनासहित १० किलो एक सय सात ग्राम गाँजा र चार सय ५५ ग्राम हिरोइन प्रहरीले बरामद गरेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए ।
त्यस्तै असोजमा ४१ जनासहित एक किलो ६ सय ७० ग्राम गाँजा र एक सय ७६ ग्राम चार सय ४० मिलिग्राम हिरोइन, कात्तिकमा लागुऔषधका १० मुद्दा दर्ता हुँदा १७ जना पक्राउ परेका थिए भने ३२ ग्राम सात सय मिलिग्राम हिरोइन प्रहरीले बरामद गरेको थियो ।
यसैगरी मङ्सिरमा १२ पुरुष, तीन महिला स्वदेशी र दुई पुरुष विदेशीसहित १७ जना पक्राउ परेका थिए । एघार लागुऔषधका मुद्दा दर्ता हुँदा प्रहरीले ७० ग्राम चार सय ७० मिलिग्राम हिरोइन बरामद गरेको थियो । पुसमा १४ जना पक्राउ पर्नुका साथै नौ लागुऔषधका मुद्दा दर्ता भएका थिए । सो अवधिमा एक सय ६२ ग्राम दुई सय ७० मिलिग्राम हिरोइन बरामद भएको प्रहरी नायब उपरीक्षक चन्दले बताए ।
माघमा ३५ जना पक्राउ परेका थिए भने २६ वटा मुद्दा दर्ता भएका थिए । माघमा दुई सय ५० ग्राम गाँजा र ३९ ग्राम तीन सय २० मिलिग्राम हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ । फागुनमा सबैभन्दा बढी लागुऔषध कारोबारी पक्राउ परेका छन् । सो अवधिमा ५१ स्वदेशी पुरुष, सात स्वदेशी महिला, दुई विदेशी पुरुष र एक विदेशी महिला पक्राउ परेका थिए । फागुनमा ३९ लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएका थिए । प्रहरीले सो अवधिमा ७० ग्राम पाँच सय मिलिग्राम गाँजा र तीन सय ३५ ग्राम नौ सय ९० मिलिग्राम खैरो हिरोइन बरामद गरेको थियो ।
त्यस्तै चैतमा प्रहरीले ५५ स्वदेशी पुरुष, दुई स्वदेशी महिला र दुई विदेशी पुरुषलाई लागुऔषध कारोबारीका रुपमा पक्राउ गरेको थियो । चैतमा लागुऔषधका ३७ मुद्दा दर्ता भएका थिए भने प्रहरीले एक किलो चार सय ७९ ग्राम चार सय मिलिग्राम गाँजा बरामद गरेको थियो । वैशाखमा ४२ जना स्वदेशी पुरुष, दुई स्वदेशी महिला र पाँच विदेशी पुरुष पक्राउ परेका थिए । सो अवधिमा लागुऔषधका २९ मुद्दा दर्ता भएका थिए ।
लागुऔषध नियन्त्रणका लागि प्रहरीले दिनहुँजसो सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि भारतको पश्चिम बङ्गाल र विहारसँग झण्डै एक सय ४४ किलोमिटर क्षेत्र खुला सीमा भएका कारण लागुऔषध नियन्त्रणमा प्रहरीलाई समस्या भएको छ । दिनानुदिन लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको पाइएपछि जिल्ला प्रहरी कार्यालय झापाले अहिले ‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन गरेको प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो । अहिले जिल्लाका १५ वटै पालिकामा यो कार्यक्रम सञ्चालनमा छ । स्थानीय तहसँग साझेदारी गर्दै प्रहरीले टोल टोलमा पुगेर उक्त कार्यक्रम सञ्चालन गरिरहेको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












