ताजा समाचार

प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

उनीहरुबीच झण्डै ४५ मिनेट भएको भेटमा संघीय र प्रदेश सरकारलाई सुदृढ बनाउँदै लैजाने विषयमा छलफल भएको बताइएको छ ।एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासग भेट गरे लगत्तै खनालले आज प्रधानमन्त्री दाहाललाई भेटेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org