यमनमा अमेरिका र बेलायतको संयुक्त हवाई आक्रमण चौध जनाको मृत्यु
काठमाडौं । इरान समर्थित विद्रोहीहरूको समुद्री आक्रमण क्षमतालाई कम गर्ने प्रयासस्वरुप संयुक्त राज्य अमेरिका र बेलायतले यमनमा गरेको हवाई आक्रमणमा १४ जनाको मृत्यु भएको हुथी नियन्त्रित सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् ।
हुथीहरूले नोभेम्बरदेखि गाजा युद्धमा प्यालेष्टिनीहरूलाई समर्थन गर्दै रेड सी र एडनको खाडी वरपर सामान ढुवानी गर्ने (कार्गो) जहाजहरूमा आक्रमण गर्दै आएको थियो । एएफपीका पत्रकारहरूले बिहीबारदेखि शुक्रबारसम्म राजधानी साना र बन्दरगाह सहर होडैडामा ठूलो विस्फोटको आवाज सुनेको बताएका छन् ।
हुथी नियन्त्रित अल–मासिराह टेलिभिजन च्यानलले ताइज सहरमा दूरसञ्चार पूर्वाधारलाई समेत लक्षित गरेको उक्त आक्रमणमा चौध जनाको जनाको मृत्यु हुनका साथै तीस जनाभन्दा बढी घाइते भएको बताएको छ ।
रेड सी र एडनको खाडीमा अन्तर्राष्ट्रिय ढुवानीमा आक्रमणहरू जारी राख्ने क्षमतालाई कम गर्न हुथी सैन्य सुविधाविरुद्ध अमेरिकी सेनासँग संयुक्त हवाई आक्रमण गरेको बेलायती रक्षा मन्त्रालयले बताएको छ ।
युएस सेन्ट्रल कमान्ड (सेन्टकम) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हाम्रो सेनाको रक्षा गर्न, आवागमनको स्वतन्त्रता सुनिश्चित गर्न, र अन्तर्राष्ट्रिय पानीलाई अधिक सुरक्षित बनाउन आवश्यक थियो तसर्थ कुल तेह्र वटा हुथी–नियन्त्रित स्थलहरू लक्षित आक्रमण गरिएको हो ।
Comments
अरु समाचार
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...
-
नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक शुक्रबार
लिस्बन । नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक शुक्रबार लिस्बनमा हुँदैछ । बैठकमा दुवै पक्षले साझा चासोका विषयका साथै क्षेत्रीय...












