लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत
काठमाडौं । लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ । प्रदेश प्रमुख अमिक शेरचनले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशका चार स्थानमा सामुदायिक शिशु स्याहार केन्द्र स्थापना गर्नका लागि सम्भाव्यता अध्ययन गरिने बताए ।
घोराही, लुम्बिनी, बुटवल र नेपालगञ्जमा सामुदायिक शिशु स्याहार केन्द्रको स्थापना गर्न सम्भाव्यता अध्ययन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेश प्रमुख शेरचनले यसले गर्दा बच्चा भएकै कारण रोजगार छोड्नुपर्ने आमाको बाध्यता हट्ने विश्वास लिइएको बताए । उनका अनुसार प्रदेश राजधानी देउखुरीमा पनि सम्भाव्यता अध्ययन गरिने भएको छ ।
सन् २०३० सम्म प्रदेशलाई बालविवाहमुक्त बनाउने गरी १० वर्षे रणनीति बनाउने, सबै सामुदायिक विद्यालयमा किशोरी आत्मरक्षा तालिम प्रदान गरिने, प्रदेशस्तरीय बालसंरक्षण गृह निर्माण गर्ने कुरा नीति तथा कार्यक्रममा समावेश छ ।
‘किसानको हात, प्रदेशको साथ’ कार्यक्रममार्फत उत्पादनमा आधारित अनुदान दिने, प्रविधिमार्फत कृषिको बजारीकरण गर्ने, ‘बुद्ध पर्यटकीय मार्गः लुम्बिनी–ढोरपाटन–दुनै–जुम्ला–खलङ्गा–रारा–काँक्रेविहार–कोलपुर–लुम्बिनी’को सम्भाव्यता अध्ययन, अन्तर प्रदेश समन्वय, नयाँ निर्माण हुने सडकलाई अपाङ्गमैत्री बनाउने, रामपुर–कपुरकोटलाई स्तरोन्नति, दाङको कोइलाबास नाकामा खानेपानी विशेष कार्यक्रम सञ्चालन गर्नेलगायत कार्यक्रम नीति तथा कार्यक्रममा उल्लेख छ ।
पहाडबाट तराई बस्न आउने कार्य निरुत्साहित, गाउँमै नमुना बस्ती निर्माण, प्रदेशका वनमा उत्पादन भएको काठलाई उचित प्रयोगका लागि सरकारी भवन निर्माण तथा फर्निचरमा लैजान कानुनी प्रबन्ध मिलाउने, प्रदेशभित्र जडीबुटी प्रशोधन उद्योग स्थापना, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सचेतना कार्यक्रम, अटिजम भएका बालबालिकालाई स्रोत कक्षा सञ्चालन, ‘थोरै विद्यालय, धेरै विद्यार्थी’कार्यक्रम सञ्चालन गर्ने, कक्षा १२ देखि माथिका विद्यार्थीलाई प्रदेश तथा स्थानीय तहमा इन्टरनेटको व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा समावेश छन् ।
प्रदेशभित्र मातृभाषाका रुपमा बोलिने भाषालाई कामकाजको भाषा बनाउने, हिमाली तथा पहाडी जिल्लामा सुत्केरी उद्धारका लागि एयर एम्बुलेन्सको व्यवस्था गर्ने, एक स्वास्थ्य संस्थाबाट अर्को स्वास्थ्य संस्थामा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्नेलगायत कार्यक्रम प्रदेश प्रमुख शेरचनले आज प्रस्तुत गरेका थिए नीति तथा कार्यक्रममा उल्लेख छन् ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












