टि–२० विश्वकपको सुपर आठमा प्रवेश गर्ने तेस्रो टोलि बन्यो भारत, अमेरिका ७ विकेटले पराजित
काठमाडौं । आईसीसी टी–२० विश्वकपमा अमेरिकालाई ७ विकेटले हराउँदै भारत ‘सुपर ८’मा प्रवेश गरेको छ। बुधबार राति न्युयोर्कमा भएको खेलमा अमेरिकाले दिएको एक सय ११ रनको लक्ष्य भारतले १८।४ ओभरमा मात्र तीन विकेटको क्षतिमा भेट्टाएको हो।
१११ रनको लक्ष्य पछ्याएको भारतका कप्तान रोहित शर्मा छ बलमा तीन रन र विराट कोहली शुन्य रनमा आउट भए पनि सूर्यकुमार यादव र शिवम दुबेले सम्हालिएर प्रदर्शन गरे।
अमेरिकाविरुद्ध यादवले अर्धशतक बनाए। उनले ४९ बलको सामना गर्दै दुई चौका र दुई छक्काको मद्दतमा नटआउट ५० रन बनाएका हुन्। दुवेले ३५ बलको सामना गर्दै एकएक चौका र छक्काको मदद्तमा नटआउट ३१ रन बनाए। ऋषभ पन्त भने १८ रन बनाएर आउट भएका थिए। अमेरिकाका लागि सौरभ नेत्रावलकरले दुई विकेट हात पारे भने अली खानले एक विकेट लिए।
यसअघि अमेरिकी शहर न्युयोर्कस्थित नासाऊ काउन्टी अन्तरराष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११० रन बनाएको थियो। अमेरिकाका लागि नितिश कुमारले सर्वाधिक २७ रन बनाए। स्टिभन टेलर्सले २४ रन तथा कोरी एन्डरसनले १५ रन बनाए।
भारतका लागि अर्शदीप सिंहले चार विकेट लिएका थिए। चार ओभर बलिङ गरेका उनले मात्र ९ रन खर्चिएर चार विकेट हात पारेका हुन्। उनको बलिङले अमेरिकी ब्याटिङ लाइन कमजोर बनेको थियो। हार्दिक पाण्ड्याले दुई विकेट र अक्षर पटेलले एक विकेट हात पारे।
यो जितसँगै भारत विश्वकपको सुपर ८ मा प्रवेश गरेको छ। समूह ‘ए’को शीर्ष स्थानमा रहेको भारतले एक खेल अगाडि लगातार तीन खेल जित्दै सुपर ८ मा स्थान बनाएको हो। यो समूहको दोस्रो स्थानमा अमेरिका छ। अमेरिकाले तीन खेलमा चार अंक जोडेको छ। पाकिस्तान र क्यानडाले दुईदुई अंक जोडेका छन् भने आयरल्यान्ड अकंबिहीन छ।
जारी विश्वकपमा दक्षिण अफ्रिका र अस्ट्रेलिया यसअघि नै विश्वकपको सुपर ८ मा प्रवेश गरिसकेका छन्। सुपर ८ मा पुग्ने भारत तेस्रो टिम बनेको हो। २० टिम सहभागी विश्वकपमा चार समूहका शीर्ष दुई टिमले सुपर ८ मा प्रतिस्पर्धा गर्नेछन्।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











