मगर जातिको मुख्य पर्व भूमेको रौनक दाङमा सुरु
काठमाडौं । मगर जातिको मुख्य पर्व भूमेको रौनक दाङमा पनि सुरु भएको छ । पर्व यही असार १ गतेदेखि दाङको घोराहीमा सुरु भएको हो । मगर जातिले परापूर्वकालदेखि आफू बसेको ठाउँको भूमि र भूमि देवतालाई पूजा गर्ने चलन छ । सोही भूमि देवताको पूजा गर्ने प्रचलनलाई मगर जातिले आफ्नो मुख्य चाडका रुपमा मान्दै पनि आइरहेको पाइन्छ ।
दाङमा यो पर्व विधिवत् रुपमा विसं २०४६ बाट मनाउन थालिएको नेपाल मगर सङ्घ दाङले जनाएको छ । विशेषगरी रोल्पा रुकुमबाट बसाइँसराइ गरेर आएसँगै जिल्लामा यस समुदायको बाहुल्यता पनि बढ्दै जान थालेको छ । मगर समुदायले हरेक वर्ष असार १ देखि ५ गतेसम्म भूमे पर्व मनाउँछन् । उनीहरुले भूमे पर्वलाई आफ्नो मुख्य चाडका रुपमा लिन्छन् । भूमि बिना कुनै पनि जीवको अस्तित्वको कल्पना गर्न नसकिने र भूमि अर्थात् जमिन नै जीवन दाता भएको मान्यता राख्ने मगर समुदायले भूमिलाई देवताका रुपमा मान्दै आइरहेको बताउने गरेका छन् ।
भूमे पर्वका अवसरमा नेपाल मगर सङ्घ र तकसेरा समाजले घोराहीमा पाँच दिनसम्म भूमे पर्वलाई महोत्सवका रुपमा मनाउन थालेको छ । घोराहीको नयाँ बसपार्कस्थित सेवार खोला छेउमा रहेको सङ्घको कार्यालय परिसरमा भूमे पर्वको अवसरमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । भूमे महोत्सवमा युवायुवती, केटाकेटा, वृद्धवृद्धा र पुरुष आफ्नो मगर वेशभूषामा सजिएर नाच्ने गरेका छन् ।
नेपाल मगर सङ्घका केन्द्रीय सदस्य शीतलाल पुन मगरले मगरहरुको मुख्य पर्व भएको हुँदा आफूहरुले सबैलाई भेला गरेर दाङमा महोत्सवका रुपमा भूमे पर्व मनाउँदै आएको बताउनुभयो । यो पर्व मगर समुदायको भावना, पहिचान र एकतासँग जोडिएको हुँदा मगरहरुको मुख्य चाड भएको उहाँले बताउनुभयो । दाङमा विशेषगरी रुकुम, रोल्पाबाट बसाइँ सरी दाङ आएका मगर जातिहरुले यो पर्व मनाउने गरेको उहाँको भनाइ छ ।
‘पृथ्वीलाई साक्षात भगवान् मान्ने मगर समुदायले प्राकृतिक प्रकोप नहोस्, मानवको कल्याण होस् भन्ने आशयले यो पूजा गर्दछन्’, उहाँले भन्नुभयोे, ‘यो पर्व मगर जातिको जीवन र जगत्सँग जोडिएको छ ।’ भूमे पर्व १८ मगरातका मगरलगायत सबै मगरको मुख्य चाड भएको उहाँले बताउनुभयो । मगर जाति जीवनयापनका लागि परापूर्वकालदेखि नै घरबाहिर प्राकृतिक क्षेत्रमा समय बिताउने हुँदा सोही समय बेतित गर्ने प्रकृतिको सम्मानपूर्वक हरेक वर्ष भूमे पर्व मनाउने गरेको उहाँले बताउनुभयो । यस्तै, नेपाल मगर सङ्घ दाङका पूर्वअध्यक्ष खलुप्रसाद पुन मगरले प्राकृतिक विपत्तिबाट बच्ने विश्वासका साथ मगरहरुले प्रकृतिको पूजा गर्न थालिएको र त्यही पूजालाई भूमे पर्व भनिएको बताउनुभयो ।
यो पूजा खासगरी मगर जातिको थातथलो भएको ठाउँमा मगर जातिले विभिन्न रुपमा मनाउने गरेका छन् । उहाँले भन्नुभयोे, ‘अधिकांश ठाउँमा लोप हुने अवस्थामा पुगेपछि यसको जगेर्नाका लागि आफूहरुले दाङमा पनि भूमे पर्वलाई महोत्सवका रुपमा मनाउन थालेको हौँ, आफूहरुको रीतिरिवाज, परम्परालाई जोगाइराख्नका लागि सबै लाग्नुपर्छ ।’ यस पर्वलाई मगर जातिहरुले नयाँ कामको सुरुआत गर्ने दिन र वर्षभरिको कामको योजना बनाउने दिनका रुपमा पनि लिने गर्दछन् ।
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...











