मदनभण्डारी मेमोरियल कलेजलाई विश्वविद्यालय बनाउन सकारात्मक सहयोग रहन्छ: सभामुख घिमिरे
काठमाडौं । सभामुख देवराज घिमिरेले मदन भण्डारी कलेजलाई विश्वविद्यालय बनाउन आफ्नो तर्फबाट सकारात्मक सहयोग रहने बताएका छन् ।
बानेश्वरस्थित मदनभण्डारी मेमोरियल कलेजको २३औँ वार्षिकोत्सवको उद्घाटन गर्दै सभामुख घिमिरेले पछिल्लो समय शिक्षा सरल, सुलभ र पहुँचयोग्य बनाउन समस्या उत्पन्न भएकाले यस कलेजमा सबैको पहुँच पुग्ने गरी व्यवस्थापन गरिनुपर्ने धारणा राखे । “मदनभण्डारी कलेजलाई विश्वविद्यालय बनाउने योजनामा मेरो सधैँ सकारात्मक सहयोग रहन्छ । शिक्षालाई व्यावहारिक बनाउने नीति ल्याउन पनि म संवेदनशील छु”, उनले भने ।
सभामुख घिमिरेले जननेता मदन भण्डारी जस्तो द्वन्द्वात्मक भौतिकवादी चेत भएका नेतालाई भावी पुस्ताले अनुसरण गर्नुपर्ने सुनाए। ३० वर्षअघि रहस्यमय मृत्युवरण गरेका भण्डारीले समाज रुपान्तरणको दर्शन अनुसरण योग्य भएको उल्लेख गर्दै उनले भण्डारीका विचारलाई बुझाउने र बुझ्ने दक्ष जनशक्ति निर्माण गर्न आवश्यक रहेकामा जोड दिए ।
त्यसअवसरमा उत्कृष्ट एवं स्वर्णपदक पाएका विद्यार्थीलाई सम्मान गरिएको थियो । कलेजका प्राचार्य डा.बाबुराम अधिकारीले २३ वर्षको अवधिमा कलेजको शैक्षिक गुणस्तरमा निरन्तर सुधार हुँदै गएको बताए । त्यसैकारण देशका पाँच उत्कृष्ट कलेजमा पर्न सफल भएको उनले बताए। कार्यक्रममा कलेजको ट्रान्सफर्मेसन इ–बुलेटिन र स्काउट कार्यक्रमसमेत उद्घाटन गरिएको थियो ।
Comments
अरु समाचार
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...
-
तीन सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा, ऐन बमोजिम सजाय गर्न मागदाबी
काठमाडौँ। तीन सरकारी साक्षी विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान...












