राजस्व अनुसन्धान विभागको प्रतिशोधपुर्ण कारवाही
काठमाडौं । सरकारी उपसचिव,सहसचिव र सचिवहरूले कसरी अधिकारको दुरूपयोग गरि उद्यमी व्यवसायी र सेवाग्राही नागरिकहरूलाई दुःख दिन्छन? घुस लिन्छन,भ्रष्टाचार गर्छन,देशमा कुशासन सञ्चालन गर्छन भन्ने विषयमा हामीले अब नियमित रूपमा कलम चलाउने जमर्को गर्दैछौ। घुसखोरी,भ्रष्टाचार,बेथिती र कुशासनले ग्रस्त भएको निजामती प्रशासनलाई राष्ट्रिय सतर्कता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एकल प्रयासले मात्र सुधार्न सकिने अवस्था विद्यमान छैन। यसमा सचेत नागरिक र संञ्चार जगतको पनि सकृय हातेमालो जरुरी भएको विज्ञहरूले बताउदै आएका छन। त्यही भएर अब हामी भ्रष्टाचार,कुशासन र अधिकार दुरुपयोगका विषयलाई उदाङ्गो पारेर जाने निष्कर्षमा पुगेका छौ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय मातहतको राजस्व अनुसन्धान विभागमा २०७९ माघ २३ मा नारायण सापकोटा महानिर्देशक हुँदा उनले तात्कालिक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आडभरोशामा अधिकारको दुरुपयोग गर्दै प्रतिस्पर्धी व्यवसायीहरूको तथ्यहिन र हचुवा उजुरीका आधारमा,अरू कसैलाई फाइदा पुग्ने गरि दरबारमार्गका ब्राण्डेड जुत्ता र कपडा लगायतका पसलहरूमा छापा मारेर,पसल शिलबन्दी गरि प्रतिशोध र पुर्वाग्रहपुर्ण कारवाही गरिदा धेरै व्यवसायीहरूले अनेकौं समस्या भोग्न पुगेका थिए। उनीहरूले बदनामी व्यहोरेका, राजस्व छलीको मुद्दा खेपेर दुःख पाएका,करोडौ रकम धरौटी राखेका,लाखौ रकम खर्च गरेर वकिल राखेका,अदालतमा तारेखमा बसेका र आफ्नो व्यवसाय जोखिममा पारेको अवस्था थियो।
त्यसबेला महानिर्देशक सापकोटाले रूट फेसन प्रा.लि. को वीरगन्ज भन्सार कार्यालयबाट भन्सार पासभई छुटेका तीन वटा ट्रक ना.३ ख ७७५०, ना.३ ख ७४५० र ना.३ ख ७६५८ को मालवस्तु पक्राउ गरि २ करोड १८ लाख ५२ हजारको बिगो कायम गरि मुद्दा चलाएका थिए।
यसैगरि काठमाडौंको वीरगन्जबाट भन्सार क्लियर गरि छुटेको अर्नेश ट्रेडिङ प्रा. लि.को ट्रक नं ७०६५ मा रहेको २ करोड ७ लाख मूल्य बराबरको बिगो कायम गरि स्वीण्डिलको न्यून मूल्य घोषणा गरेको तथा भन्सार दरबन्दी छलेको आरोपमा मालवस्तु समातिएको थियो। यसैगरि महाकाली इन्टरप्राइजेजको सुख्खा बन्दरगाह चोभार किर्तिपुरबाट भन्सार पास गरि ल्याइएको १ करोड ५ लाख मूल्य बराबरको ५ अमेरिकी डलर मुल्य पर्ने जुत्तालाई १ अमेरिकी डलर मुल्य घोषणा गरि ल्याएको भन्दै कोरा छानवीन अनुसन्धान गरि मुद्दा चलाइएको थियो।
यस्तै शिव बुवा प्रा. लि. को एरोविलका आधारमा २ करोड बिगो कायम गरि ५२ वटा प्र.प्र.माथि कारवाही गरेका थिए। त्यसबेला गलफम ट्रेनिङ कन्सर्नको पनि सामान बरामद गरि मुद्दा दायर भएको थियो। यी सबै राजस्व छलिको मुद्दामा अदालतबाट पिडितहरूले राजस्व चुहावट र छलि नभएको भन्दै सफाई पाएका छन। यसरी राजस्व अनुसन्धान विभागको पुर्वाग्रहपूर्ण कारवाहीबाट ढिलै भएपनि न्याय पाएका छन। यस्तो कारवाहीबाट पिडित बनेका व्यवसायीहरूले क्षतिपुर्ति पाउनुपर्ने माग उठिरहेको छ।
सापकोटाले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुख हुँदा आफुले नमानेको भन्दै अख्तियारमा सहसचिव हुँदा नायव सुब्बा भरत घिमिरेलाई प्रतिशोधपुर्ण कारवाही गरेका थिए। सापकोटा भन्सार विभागको उपमहानिर्देशक र महानिर्देशक हुँदा उनले धेरै मालवस्तुमा कम राजस्व लिएर सरकारलाई राजस्व घाटा हुनेगरि मातहतका भन्सार कार्यालयलाई निर्देशन दिएर आर्थिक लाभ लिएको त्यसबेला विभिन्न भन्सार कार्यालय बसेका राजस्व कर्मचारीहरू बताउछन।
माओवादी केन्द्रका नेता हिमाल शर्माका खास मानिस भनेर चिनिने सहसचिव सापकोटाले उनै नेता शर्मा र तात्कालिक मुख्यसचिव डा.शंकर बैरागीको विशेष कृपामा आकर्षक कार्यालयमा जिम्मेवारी पाउदै माओवादी केन्द्र र प्रधानमन्त्री कार्यालयमा रहेका प्रधानमन्त्री प्रचण्डका निजी सचिव, स्वकिय सचिव,सल्लाहकार र वरपरका आसेपासेहरूलाई करोडौ रकम बुझाएर पोस्दै आएकाले अहिले फेरि महालेखा नियन्त्रण कार्यालयमा महत्वपूर्ण जिम्मेवारी पाएका छन। उनलाई आगामी भदौ महिनामा लेखापाल र लेखाअधिकृतको आन्तरिक सरूवा गर्ने बेलामा त्यहाँ सरूवा गरेर पोसिएको छ। (क्रमश)
Comments
अरु समाचार
-
आशिका तामाङलाई स्पष्टीकरण सोध्ने रास्वपाको तयारी, कसुर के हो?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्य आशिका तामाङलाई स्पष्टीरकण सोध्ने तयारी गरेको छ। सामाजिक सञ्जालबाट विभिन्न विषयमा पार्टी हितविपरित...
-
डर प्रभाव वा दुई तिहाई र महाभियोगको त्रासमा न्याय निरुपण असम्भवः सपना प्रधान मल्ल
काठमाडाैं । सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायपालिका कुनैपनि प्रकारको डर, त्रास वा राजनीतिक प्रभावबाट मुक्त हुनुपर्ने बताएकी...
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...
-
कांग्रेसले सुरू गरेको देशव्यापी चुनावी समीक्षा तथा प्रशिक्षण कार्यक्रम आज धनगढीबाट सुरू
काठमाडाैं । नेपाली कांग्रेसले सुरू गरेको देशव्यापी चुनावी समीक्षा तथा प्रशिक्षण कार्यक्रम आज सुदूरपश्चिमको धनगढीबाट सुरू हुँदैछ । विहान १०...
-
मनोज शर्मा नै किन रवि र बालेनलाई नै प्यारो ?
काठमाडौं । ‘नेपोकिड’ को नाराले ओलीलाई हेलिकप्टर चढेर भाग्ने बनायो । नातावाद र कृपावादको विरोधमा उत्रिएका जेनजीले सरकार फेरे ।...
-
अन्तिम कारोबार दिन पनि बढेर रोकियो नेप्से, २७ अंकले बढ्दा तीन अर्ब २८ करोडको शेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि नेप्से बढेर रोकिएको छ । अघिल्लो दिन छ दशमलव ९४ अंकले...
-
उच्च अदालत जनकपुरले शनिबार ‘न्यायिक महोत्सव’ आयोजना गर्दै
जनकपुर । उच्च अदालत जनकपुरले कानुन दिवसको अवसरमा शनिबार पहिलो पटक न्यायिक महोत्सवको आयोजना गर्दैछ । दिनभर चल्ने महोत्सवमा अदालत,...
-
सर्वोच्चमा पेशी सार्वजनिक ढिलो, सपना प्रधान मल्ल र मनोज शर्माको इजलास तोकिएन
काठमाडौं । सर्वोच्च अदालत ले शुक्रबारका लागि पेशी सूची ढिलो गरी सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको सूचीमा कायममुकायम प्रधानन्यायाधीश सपना...
-
सर्वोच्चको पेशी आउन ढिला हुने, आन्तरिक बैठक जारी
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसमा वरियता मिचिएपछि सर्वोच्च अदालतको पेशी नै ढिला हुन पुगेको छ। सर्वोच्च अदालतमा आन्तरिक बैठक चलिरहेका कारण...












