संसद् भवन निर्माण शीघ्र सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
काठमाडौं। सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको काम सन्तोषजनक नभएको बताएका छन् । तीन वर्षमा सक्ने गरी २०७६ असोज १६ गते निर्माण व्यवसायीसँग सम्झौता भएको संसद् भवनको काम समयमा सम्पन्न नभएपछि आज उनले सिंहदरबारमा सरोकार भएका निकायका अधिकारीहरूलाई बोलाएर जानकारी लिएका हुन् । यसअघि निर्माणाधीन संसद् भवनका १२ वटै संरचना मङ्सिर मसान्तसम्म सकेर आगामी हिउँदे अधिवेशन आफ्नै भवनमा गर्ने भनी ‘माइन्युट’ गरिएकाले त्यसैअनुरूप गर्न सभामुख घिमिरेले निर्देशन दिएका छन् ।
“भवनमा अहिले सात इन्चको टेलिभिजन स्क्रिन राखिएको रहेछ, बजारमा १५ इन्चसम्मको स्क्रिन आइसकेको छ, ठूला स्क्रिनमा अक्षर पनि ठूला आउँछ, यस विषयमा ध्यान पुयाउनुपर्छ, भवन निर्माण प्रगतिका बारेमा एक महिनापछि फेरि समीक्षा बैठक हुन्छ, अब थपिएको समयमा सक्नेगरी काम हुनुपर्छ”, उनले भने ।
बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भवनको म्याद सकिएपछि थप्ने आधार प्रष्ट हुनुपर्ने उल्लेख गर्दै संसद् भवन अन्तर्राष्ट्रिय छविको राष्ट्रिय सम्पत्ति भएकाले आकर्षक रुपमा साजसजावट गरिनुपर्ने बताए । सात इन्चको टेलिभिजन स्क्रिनमा सांसदको टाउको पनि नदेखिने भएकाले त्यसमा पुनर्विचार गरिनुपर्ने उनको भनाइ थियो । अनामनगरतिरको ढोकाबाट सांसदको प्रवेश गराउने भनिएकाले एकै पटक सयौँ गाडी प्रवेश गर्दा त्यस क्षेत्रमा हुने जामका विषयमा अहिले नै सोच्नुपर्नेमा अध्यक्ष दाहालले जोड दिए ।
उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संसद् भवन राष्ट्रिय प्राथमिकताको आयोजना भएकाले यसको काम गुणस्तरीय रुपमा समयमै सकिनुपर्ने बताए । निर्माण व्यवसायीले ठेक्का लिइसकेपछि काममा ढिलाइ गर्ने गरेकाले समस्या आएको उल्लेख गर्दै उनले समस्या समाधानका लागि सरोकार भएका निकायको ध्यान जानुपर्नेमा जोड दिए ।
उपसभामुख इन्दिरा रानाले संसद् भवनको आन्तरिक साजसजावटमा सम्झौता बाहिरका सामग्री राखिनु नहुने बताइन् । तोकिएका समयमा गुणस्तरीय रुपमा काम सम्पन्न गरिनुपर्ने उनको भनाइ थियो ।
राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले मङ्सिरसम्म संसद् भवन निर्माण सम्पन्न गरी हिउँदे अधिवेशन त्यहीँबाट गरिनुपर्नेमा जोड दिए। सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले आगामी हिउँदे अधिवेशनसम्म प्रतिनिधिसभा र राष्ट्रियसभाका भवन सक्नेगरी काम गरिने बताए । निर्माण व्यवसायीलाई दैनिक रु पाँच सय कामदार लगाएर काम गर्न निर्देशन दिए पनि हाल करिब एक सय ५० ले मात्र काम गरिरहेको जानकारी पनि उनले दिए ।
सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक मचाकाजी महर्जनले हालसम्म ८१।५ प्रतिशत भौतिक र ७० प्रतिशत वित्तीय प्रगति भएको जानकारी दिए। आयोजनाका सबै काम सम्पन्न गरी हस्तान्तरण गर्न २०८१ चैत १८ गतेसम्मको समय थप गरिएको जानकारी पनि उनले दिए।
Comments
अरु समाचार
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...











