देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान कांग्रेस र एमाले सहकार्य: प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्यमा नयाँ सरकार गठन भएको दाबी गरेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा विश्वासको मत माग्ने क्रममा उनले देशमा व्याप्त गहिरो निरासा हटाएर जनतामा आशा र उत्साहको सञ्चार गर्दै देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको दाबी गरेका हुन् । ‘देशमा व्याप्त गहिरो निरासा हटाउन, जनतामा आशा र उत्साहको सञ्चार गर्न अनि देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको हो,’ प्रधानमन्त्री ओलीले भने, ‘यसमा सवै स्पष्ट हुनु भए हुन्छ ।’
राष्ट्रपति रामचन्द्र पौडेलबाट असार ३० गते संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त नेकपा एमालेका अध्यक्ष ओलीले असार ३१ गते शपथग्रहण गरेका थिए । प्रधानमन्त्री ओलीले पदभार ग्रहण गरेको तेस्रो दिन साउन २ गते संसद् सचिवालयलाई पत्र पठाएर विश्वासको मत लिने जानकारी गराएका थिए ।
उनले संसद् सचिवालयलाई संविधानको धारा ७६ (४) बमोजिम विश्वासको मतका लागि साउन ६ मा बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूचीमा राखिदिन अनुरोध गरेका थिए। नवनियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । विश्वासको मत प्राप्त गर्न प्रधानमन्त्री ओलीलाई २७५ सदस्यीय प्रतिनिधिसभामा १३८ जना सांसदहरुको मत आवश्यक पर्छ ।
नेपाली कांग्रेससँगै जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को सरकारमा सहभागिता रहेका कारण संसद्मा प्रधानमन्त्रीसँग सुविधानजनक बहुमत छ । सरकारमा सहभागी दलहरुको प्रतिनिधित्व हेर्दा अहिले प्रधानमन्त्री ओलीसँग १७७ मत छ । प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेससँग ८८, प्रधानमन्त्रीको दल एमालेसँग ७८, अशोक राई नेतृत्वको जसपासँग ७ र महन्थ ठाकुर नेतृत्वको लोसपासँग ४ सांसद छन् ।
Comments
अरु समाचार
-
पहिरोका कारण मुग्लिन–नारायणगढ सडक, बीपी राजमार्ग र पृथ्वी राजमार्ग अवरुद्ध
काठमाण्डौ । धादिङको कृष्णभीर, परेवाभीर, ज्यामिरेघाट लगायतका ठाउँमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भैरहेको,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...












