आर्थीक लेनदेनको प्रश्न उठेपछि पदमा बसिरहनु हुँदैन, उपसभामुखले राजीनामा दिनुपर्छः मुकुल ढकाल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा.मुलुल ढकालले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको पत्रबाट आफ्नो धारणा सार्वजनिक गरेका छन्। ढकालले उपसभामुख रानामगरले अमेरिकी दूतावासलाई लेखेको पत्रबारे सोधपुछ गर्दा उनको सचिवालयले आर्थिक लेनदेन गरेको देखिएको बताएका छन्।
सामाजिक सञ्जालमा आफ्नो भनाई सार्वजनिक गर्दै उनले भनेका छन्, ‘पिडितका अनुसार १ वर्ष अगाडी उपसभामुख सचिवालयले अमेरिका पठाइदिने भन्दै उहाँसँग पैसा लिएको थियो र अमेरिका भिसा नलागेपछि कहिले बेलायत त कहिले अर्को कुनै देश पठाइदिने भन्दै उपसभामुख सचिवालयले अलमलाएका कारण आफ्नो पैसा फिर्ता गराइदिन भन्दै पार्टीको सम्पर्कमा आएकी थिइन्। जसबारे बुझ्दै जादा उपसभामुखको सचिवालयले ९ लाख जतिको लेनदेन गरेको देखिन्छ।’
ढकालले सामाजिक सञ्जालमा थप लेखेका छन्।
‘‘ वैशाख ४, २०८१ मा पार्टीका संगठन विभाग सचिव शङ्कर श्रेष्ठले उपसभामुखले लेखेको पत्र मलाई वाट्सएप गर्नुहुन्छ । साथै, उहाँले पार्टीका एक जना पालिका सभापतिसँग आफूँले गरेको टेलिफोन संवादको रेकर्ड पनि पठाउनु हुन्छ । टेलिफोन संवाद अनुसार पालिका सभापतिकहाँ पत्रमा उल्लेख गरिएकी एक जना महिला,आफूँलाई पिडित भन्दै उहाँसँग सम्पर्कमा आउनु हुन्छ । पिडितका अनुसार १ वर्ष अगाडी उपसभामुख सचिवालयले अमेरिका पठाइदिने भन्दै उहाँसँग पैसा लिएको थियो ,र अमेरिका भिसा नलागेपछी कहिले बेलायत त कहिले अर्को कुनै देश पठाइदिने भन्दै उपसभामुख सचिवालयले अलमलाएका कारण आफ्नो पैसा फिर्ता गराइदिन भन्दै पार्टीको सम्पर्कमा आएकी थिइन् ।
घटनाको खबर प्राप्त गर्ने बितिकै मैले घटनाको बारेमा पार्टी सभापति रवि लामिछाने,पार्टी उपसभापति डा.स्वर्णिम वाग्ले र पार्टी सहकोषाध्यक्ष एवं गृहमन्त्रालयमा गृहमन्त्रीको सचवालय संयोजकका रूपमा काम गरिरहेका दिपक बोहोरासम्म कुरा पुर्याए र गृहमन्त्रालयबाट उल्लेखित ५ जना विदेश उडेको नउडेको अध्यागमनबाट हेर्न आग्रह गरे । भोलिपल्ट राम नवमी परेकाले पर्सी पल्ट कोहि पनि विदेश नउडेको खबर प्राप्त गरेँ । घटनाका बारेमा सिधै उपसभामुखबाट बुझ्नपर्छ भन्ठानी, मैले उपसभामुखसँग सम्पर्क गरेँ र उहाँले शुरूमा पत्रका बारेमा जानकार नरहेको बताउनु भयो तर अलिकति केरकार गरेपछी उहाँले उपेन्द्र भन्ने भाइ पार्टीकै मान्छे भएको , उसलाई मात्र चिनेको, अरूलाई नचिनेको बताउनुभयो र उपेन्द्रले भने अनुसार पत्रमा हस्ताक्षर गरेको बताउनु भयो । नचिनेको मान्छे भन्न पाइन्छ ?, त्यसरी हस्ताक्षर गर्न मिल्छ ? भनेर उपसभामुखलाई मैले प्रश्न गरेँ र उहाँले थाहा भएन भन्ने सामान्य उत्तर दिनु भयो । थाहा छैन भन्न पाइन्छ ? भनेर मैले प्रश्न गरिरहे, तर उहाँले थाहा छैन को रटान लगाइरहनु भयो । त्यसपछी, अब आइन्दा त्यसरी कसैको हस्ताक्षर नगर्नु र ती ५ जना पार्टी कार्यलयमा यथासक्य छिटो उपस्थित गराउनु भनेर पार्टी महामन्त्रीको रूपमा निर्देशन दिए । त्यतिबेला उहाँले महेश पाण्डे भन्ने व्यक्तिलाई ती को हुन् भन्ने थाहा छ र उहाँलाई सम्पर्क गर्न बताउनु भयो तर मैले अन्य व्यक्तिसँग सम्पर्क नगर्ने र तपाईंले नै ती व्यक्ति पार्टी कार्यलयमा उपस्थित गराउनु भने ।
उपसभामुखको मात्र होइन, थाहा छैन भन्ने रोग पार्टीमा संक्रमण रोग जसरी फैलिएको छ जुन कुरा मैले समीक्षा प्रतिवेदनमा पनि उल्लेख गरेको छु । भविष्यमा, यस्ता थाहा छैनू प्रकरण थप खुल्दै जाने नै छन् किन भने, सत्यलाई केहि दिन लुकाउन सकिएला , सँधै लुकाउन सकिन्न । थाहा छैन भन्ने जवाफले पार्टी महामन्त्रीको रूपमा मलाई पारेको दवावकै कारण मैले समीक्षा यात्रा पनि थाहा अभियानू का अभियान्ता रूप चन्द्र विष्ट रूदाने को गाउँ थाहा नगरपालिका बाट शुरू गरे ।
उपसभामुखलाई त्यसरी ती ५ जना उपस्थित गराउने निर्देशन दिएपछी, इलामको उपचुनाव आयो । चुनावको नतिजापछी पार्टी सचिवालय बैठक बस्यो र बैठकले मलाई समीक्षा यात्रामा पठाउने निर्णय गर्यो । त्यसपछीका घटनाक्रम आम जनतामाझ आइसकेको छ । उपसभामुखको पत्र र मानव तस्करी जस्तो जघन्य अपराध जोडिएको यो विषयमा पार्टीका सिमित व्यक्तिको जानकारीमा मैले अनुसन्धान गरिरहेको थिएँ तर समयचक्रमा घटनाक्रम यसरी विकसित भएकी अनुसन्धानभन्दा के कति विषयमा म ओझेलमा परेँ, सम्भवत सबैको जानकारीमा आएकै विषय हो । महिना दिन बित्दा पनि उपसभामुखले ती ५ जना दिइएको निर्देशन अनुसार पार्टी कार्यलयमा उपस्थित गराउनु भएन र उपस्थित नगराएका कारण थप कदम चाल्नु पर्ने हुन्थ्यो, जुन अवस्थामा म रहिन र जानकार मध्ये अन्य कसैले चासो दिएन।
उपसभामुखलाई सोधखोजपछी पनि म पिडितको सम्पर्कमा आफैँ पुग्न चाहेँ तर सम्पर्कमा आएको पिडितले ती पालिका सभापतिलाई तपाईंले कुरा कता कता पुर्याउनु भयो, मेरो पैसा फिर्ता आयो बताइन् । ९ लाख रूपैयाँ उपसभामुख सचिवालयले लिएको रहेछ र त्यसलाई फिर्ता गरेपछी पिडितले बयान दिन र थप सम्पर्कमा आउन इन्कार गरिन् । पिडितका अनुसार ९ लाख फिर्ता भएको बैङ्क स्टेटमेन्ट अझै पनि पिडितसँग सुरक्षित छ।
हालसालै घटना सार्वजनिक भएपछी, रवि लामिछाने क्लवले मिथ्या र भ्रम छर्न पार्टीको लेटरहेड दुरूपोयग गर्यो। लेटरहेडमा आर्थिक लेनदेन नभएको भनेर किटान गरी विज्ञप्ति जारी गर्नु अघि, तत्कालिन अवस्थामा अनुसन्धानको नेतृत्व गरिरहेका कारणले पनि मलाई के भएको हो भनेर सोधखोज गरिनुपर्थ्यो तर मलाई रवि लामिछाने क्लवले सामान्य सोधपुछ समेत गरेन । यसको मतलव क्लव विषयको गाम्भिर्यतालाई सिधै नजरअन्दाज गरी पार्टीमा बेथितिको संरक्षणमा खडा भयो ।
उपसभामुखको विषय पार्टी मात्रको विषय नभएकाले देशकै प्रतिष्ठासँग जोडिएको राज्यको उपल्लो तहको विषय भएकाले यसमा छानविन हुनपर्छ । मलाई प्राप्त सूचना र प्राप्त प्रमाणका आधारमा, म यति भन्न सक्छु, आर्थिक लेनदेन भएको कुरालाई इन्कार गर्न सकिन्न। अझै पनि, ती ५ जनालाई खोजी गरि तीनिहरू महिला अधिकारका क्षेत्रमा राजनीतिक, सामाजिक, कानुनी वा कुनै पनि आधारमा विगतमा महिला अधिकारका क्षेत्रमा काम गरेका व्यक्ति हुन् वा होइनन्, सजिलैसँग पत्ता लाग्ने विषय हो । यहाँ गाह्रो भनेको, ती ५ जना खोज्नु हो। राज्यले अनुसन्धान गर्ने हो भने, ती ५ जनाकै वतन पत्ता लगाउनु ठूलो विषय होइन। राज्यले यस विषयमा अनुसन्धान गरोस् र अनुसन्धानका क्रममा राज्यका कुनै पनि निकायले के भएको थियो भनेर सोध्न मलाई अनुसन्धानमा बोलाए, मसँग रहेका प्रमाण बुझाउन तयार छु, मलाई थाहा भएका सबै कुरा बताउन तयार छु।
उपसभामुख इन्दिरा आमाको विगतको छवि सबै नेपालीले शिर निहुराएर नमन गर्नै पर्छ । यसो भन्दै गर्दा, हामीले यो पनि बिर्सन हुन्न कि, हामी त्यो समाजमा बस्छौँ, जुन समाजमा कुनै दिन माता सिताले पनि सहजै अग्नी परीक्षा दिन तयार हुनु भएको थियो । विगतको छवि उच्च रहे पनि, छानविनका लागी तयार हुन नपर्ने केहि कारण नै छैन। उपसभामुखले तत्काल पदबाट राजीनामा दिइ, आफूँमाथि छानविनका लागी स्वंय तयार हुनपर्छ। छानविनका लागी तयार भएर नैतिकताको खडेरी देखिएको नेपाली राजनीतिमा नैतिकताको उदाहरण पेश गर्न सक्नुपर्छ । छानविनले उहाँ दोषी हो, होइन वा उहाँको सचिवालयले उहाँको जानकारी बिना यसरी मानव तस्करीमा लागेको हो की ? सबै पत्ता लागी हाल्छ । तर आफ्नो विगतको प्रतिष्ठाका खातिर, र आगामी दिनमा पनि नेपाली राजनीतिलाई नैतिकताको पाठ सिकाउन भए पनि आफूँमाथि आफैँ छानविनको माग गर्दै राजीनामा दिनपर्छ । यसै पनि, त्यो पदमा बसेर जनताको जीवनसँग जोडिने गरि के नै काम गर्न सकिन्छ र ? वा गरिएको छ र ? त्यो पदले गर्न सक्ने भनेको नेपालीको इज्जत, प्रतिष्ठा र मर्यादालाई उचो बनाउनु हो, जुन राजीनामा दिएर गर्न सकिन्छ, नकी पदमा बसेर ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












