बगरफाँटका दुई सय पाँच परिवारलाई खानेपानी उपलब्ध
काठमाडौं । वर्षौँ देखि खानेपानीको समस्या झेल्दै आएका म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका गाउँमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएपछि खुसी भएका छन् ।
सउंघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको सहयोगमा उपभोक्ता समितिले निर्माण गरेको ‘एक घर, एक धारा’ खानेपानी आयोजनाबाट घर–घरमा खानेपानीको सुविधा पुगेपछि पानी लिनका लागि कुवा र खोलामा धाउने समस्याबाट यहाँका बासिन्दा मुक्त भएका हुन् । आयोजनाबाट गाउँका दुई सय पाँच परिवार लाभान्वित भएका छन् । संघीय सरकारको एक करोड ४४ लाख ७५ हजार एक सय १२ सहयोगमा गाउँमा खानेपानी आयोजना निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष दीपक मल्लले जानकारी दिए ।
‘कोप्रे, बाङगेरा र लहरेनीको मुहानमा ‘इन्टेक’ बनाएर ल्याएको पानी ५०–५० हजार लिटर क्षमताको तीन रिजर्भ ट्यांकीमा संकलन गरी वितरण गर्न थालिएको छ’, उनले भने, ‘संरचना निर्माणको काम सकिएपछि दुई सय पाँच घरमा मिटरसहित जडान भएका धारामा पानी वितरण गरेका छौँ ।’
गाउँमा खानेपानीका लागि दिनहुँ झगडा हुने गरेको उनले स्मरण गरे । ‘एउटै धारोमा आठ÷दश घरले पाइप जोडेर घरघरमा पानी लैजान पालो कुर्नुपर्दथ्यो, अब ढुक्कसँग खानेपानी उपभोग गर्न पाइने भएको छ’, स्थानीय उपभोक्ता विजय थापाले भने । परीक्षणका क्रममा देखिएका प्राविधिक समस्या समाधान र सुधार गरेर नियमित पानी वितरण गरिएको अध्यक्ष मल्लले बताए ।
पाँच हजार दुई सय ७१ मिटर मुख्य र पाँच हजार पाँच सय ४७ मिटर वितरण पाइप लाइन निर्माण भएको छ । आयोजना निर्माणका लागि आव २०७९-८० मा ५३ लाख ११ हजार आठ सय ५२ र २०८०-८१ ९१ लाख ६३ हजार दुई सय ६० खर्च भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका सब इन्जिनियर सुनिलसिंह बोहोराले बताए ।
उपभोक्ता समितिले कूल लागतको १० प्रतिशत बराबरको श्रमदान गरेका छन् । यसअघि बगरफाँटमा २१ सार्वजनिक धारामार्फत खानेपानी वितरण हुने गरेको थियो । सार्वजनिक धाराबाट गाग्री, ग्यालिन र ड्रममा ओसार्ने तथा पाइप जडान गरेर घरघरमा पानी लगेर उपभोग गर्ने गरेका थिए । खानेपानी नियमित सञ्चालन गर्नका लागि एक कर्मचारी नियुक्त गर्ने र आयोजनाको दिगो व्यवस्थापनका लागि महसुल निर्धारण गर्ने तयारी भइरहेको बगरफाँट खानेपानी उपभोक्ता समितिका सचिव चन्द्रबहादुर घिमिरेले बताए ।
शिरानमा विशाल पहरो र पुछारमा म्याग्दी नदी रहेको बगरफाँट गाउँ म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको गाउँ हो । अरु सबै सुविधा र विकासका पूर्वाधार भएको यस गाउँमा खानेपानीको समस्याकै कारण कतिपय व्यक्ति बसाइँसराइ गरेर अन्यत्र जाने गरेका थिए । अब खानेपानीको सुविधा प्रत्येक घरघरमा पुगेपछि बसाइँसराइको समस्या पनि नियन्त्रण हुने स्थानीयले बताएका छन् ।
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












