जसरी पनि वर्तमान सरकार सफल बनाउनुपर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक गम्भीर परिस्थितिबाट गुज्रिरहेका बेला दुई प्रमुख दलको सहकार्यमा वर्तमान सरकार गठन भएकाले यसलाई कुनै हालतमा पनि सफल बनाउनुपर्ने बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारबाट जनचाहनाअनुसार काम हुन नसकेको र जनतामा निराशा छाएकाले दुई प्रमुख पार्टीको अगुवाइमा सरकार परिवर्तन गर्नुपरेको आफूले सदनमा विश्वासको मत माग्ने क्रममा पनि स्पष्ट पारिसकेको स्मरण गाए ।
‘यी दुई पार्टी मुलुकको आर्थिक, सामाजिक रूपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी हुन् । राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलन लडेर आएका यी पार्टी मुलुकको विकास र परिवर्तनका लागि सधैँ मुख्य भूमिकामा छन् । त्यसकारण यो सरकारको काँधमा असाधारण जिम्मेवारी छ । यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन ।’
उपप्रधानमन्त्री, मन्त्रीगणलगायत विशिष्ट पदाधिकारी सहभागी बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘असफल हुँदैन भनेर हामी हातमा हात बाँधेर आरामले बसेर हुँदैन । हामीले सफलताको संकेत चालु आर्थिक वर्षमा दिनुपर्छ । अर्को आर्थिक वर्षमा अझ धेरै काम गर्नुपर्छ । यो सरकार ‘एक्सन ओरिएन्टेड’ हो । देशका लागि केही गर्रौँ भन्ने अठोट भएको सरकार हो । यसले को पक्ष को प्रतिपक्ष भन्ने आधारमा भेदभाव गर्दैन । बिना आग्रह मूल्यांकन गरेर निर्णयमा जान्छ ।’
यो सरकार पनि कति दिन चल्ने हो र भनेर भ्रम फैलाउनेलाई लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले आफूले सहमतिबमोजिम दुई वर्ष पुग्नु एकदिन अघि राजीनामा दिने र त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने बताए । ‘त्यसकारण यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन । कर्मचारी ढुक्कले काम गर्नुस्, त्यसको जिम्मेवारी सरकारले लिनेछ,’ प्रधानमन्त्री ओलीले भने ।
उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षाबमोजिम जनतामा प्रभावकारी सेवा प्रवाह गर्न, भोकमरी, र कुशासन हटाउँदै विकासको गतिलाई तीव्रता दिन योजनाबद्ध ढंगले काम गर्न निर्देशन दिए।
Comments
अरु समाचार
-
ट्राफिक नियम उल्लंघन गर्नेलाई अनलाइनबाटै ‘सचेतना कक्षा’
काठमाडौं । ट्राफिक नियम उल्लंघन गरेपछि लिनु पर्ने सचेतना कक्षा अब अनलाइनबाटै सञ्चालन हुने भएको छ। गृहमन्त्री रमेश लेखकले नेपाल...
-
आदिलसहित ३२ जनालाई क्यानले टी–२० विश्वकप छनाेटकाे तयारी क्याम्पमा बाेलायाे
काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप एशिया तथा पूर्वी एशिया प्यासेफिक छनोटको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले ३२ जना खेलाडीलाई...
-
काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड(पूर्णपाठ सहित)
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामि आर्थिक वर्ष २०८२/०८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट...
-
प्रमुख कार्यकारी अधिकृत गुरागाईंसंग झुके ‘बालेन”
काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साह 'बालेन" अन्ततः प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंसंग झुकेका छन् । लामो समय अड्डी...
-
प्रधानमन्त्रीबाट हुलाकी राजमार्गको रतुवा पुल उद्घाटन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज–आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको आज उद्घाटन गरेका छन्...
-
लिङ्देनको निर्णयविरुद्ध निर्वाचन आयोग पुग्यो राप्रपाको असन्तुष्ट समूह
काठमाडौं । विधानविपरीत पार्टीका नेताहरूलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले कारबाही गरेको भन्दै असन्तुष्टहरू निर्वाचन आयोग पुगेका छन्। पार्टीका पूर्वअध्यक्ष एवं...
-
आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत...
-
घुस दिन नमान्नेहरु स्वास्थ्य सेवा विभागका तीन कर्मचारीको चंगुलमा, भुक्तानीमा अनाैठो झेल !
काठमाडाैं । स्वास्थ्य सेवा विभागले घुस लिने विषयलाई औपचारिकता दिदै आएको छ । ठेकेदारहरुले काम सम्पन्न गरेपनि भुक्तानी लिँदा घुस...
-
आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती
काठमाडौं । आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती, देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ...