ओलीको घोषणा : दुई वर्ष पुग्नु एक साताअघि नै राजीनामा दिन्छु
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कार्यशैली सन्तोषजनक नभएकाले समीकरण परिवर्तन गर्नुपरेको बताएका छन् । मंगलबार नेपाल सरकार संघीय मन्त्रालयका सचिवको बैठकलाई सम्बोधन गर्दै ओलीले राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनमा असाधारण योगदान गरेर प्रमुख स्थान प्राप्त गरेका पार्टी अहिले सरकारमा रहेका स्मरण गराए ।
कांग्रेस एमाले अहिले आएर मात्र प्रमुख पार्टी भएका नभई इतिहास बोकेका र सामर्थ्य भएका पार्टी भएको ओलीले बताउनुभयो । देशको वर्तमान अवस्था परिवर्तन गर्न अहिले यी दुई पार्टी एक ठाउँमा आएको उनले बताए । अहिलेको सरकारको काँधमा असाधारण चुनौती भएको ओलीले बताएका छन् । यस सरलाई असफलता हुने छुट छैन, यसलाई सफल हुने छुट छैन भन्ने मात्र होइन यो कुनै हालतमा असफल हुँदैन, यो असफल हुन बनेको हुँदैन, सफल हुन्छ’, ओलीले भने ।
यसो भन्दैमा हातमा हात बाँधेर बसेर सफल हुन नसकिने ओलीले बताए । ‘हाम्रो भाग्यमा अर्थोक लेखेकै छैन, सफल हुने मात्र लेखेको छ, तर डोकामा दोएर दूध अडिँदैन नि त’, ओलीले भने । हामी एक दिन सफल हुन्छौँ भन्ने होइन यो सरकार अहिले नै सफल हुनु पर्ने ओलीले बताए । यही आर्थिक वर्षमा सरकार सफल हुनु पर्ने उनको धारणा छ ।
यो सरकार कति दिन टिक्छ र भन्ने चर्चा हुने गरेको भए पनि त्यसमा नअलमलिन उनले आग्रह गरे । ठूला दलले आवश्यकता बोध गरेर सरकार बनाएकाले सरकारको विषयमा कुनै भ्रममा पर्नु नपर्ने ओलीले बताए । ‘मेरो नेतृत्वमा मेरो सरकार दुई वर्ष चल्ने हो, दुई वर्ष पुग्न एक हप्ता अघि नै मैले राजीनामा गरिसकेको हुन्छु, गर्छ कि गर्दैन भन्ने द्विविधा हुँदैन, त्यसपछि शेरबहादुर देउवाजीको नेतृत्वमा चुनावसम्म जाने हो, यसमा ढुक्क भए हुन्छ’, ओलीले भने ।
धोका खाएर होइन अहिले देश बनाउन यो काम नगरी नहुने भएकोले ठुला दुई दलको सरकार बनाएको उनले बताए ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












