स्काउटको नयाँ ऐन बनाउन पहल गर्ने खेलकुद मन्त्रीको प्रतिबद्धता
काठमाडौं । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले स्काउटको नयाँ ऐन बनाउन पहल गर्ने बताएका छन्। मंगलबार लैनचौरस्थित स्काउटले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।
मन्त्री चौधरीले भने, ‘स्काउट अहिले पनि २०५० सालमा बनेको पुरानो ऐन अनुसार नै चलेको छ।२०७५ सालमा केही ऐनहरू संशोधन भएका छन्, र बाँकी ऐनहरू मन्त्रालयमा प्रस्तावित अवस्थामा रहेका छन्।अब चाँडै स्काउटको नयाँ ऐन मेरै पालामा आउँछ।’उनले देश सङ्घीय संरचनामा गइसकेकाले अब स्काउटलाई पनि सोही अनुसार रूपान्तरण गर्नुपर्नेमा जोड दिए। स्काउटलाई पनि सङ्घीय संरचना अनुसार देशभरमा लैजानुपर्छ।७५३ वटै नगरपालिकामा स्काउट स्थापना गर्न सकियो भने बालबालिका र युवाहरूमा चरित्र निर्माणमा थप मद्दत मिल्छ।’
उनले हाल युवा तथा बालबालिकाहरूमा हुनुपर्ने सामाजिक संस्कार र नैतिक वान संस्कार बिस्तारै खस्किँदै गएकोप्रति चिन्ता व्यक्त गरे। उनले भने, ‘अहिले बालबालिका र युवाहरूमा सामाजिक संस्कार र नैतिक चरित्रको कमी देखिराखिएको छ। बिस्तारै यसमा ह्रास आइरहेको छ। स्काउटले यसमा पहल गर्न जरुरी भइसकेको छ।’
स्काउटले प्राकृतिक प्रकोपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मन्त्री चौधरीले स्काउटलाई थप चलायमान बनाउन लागि पर्ने बताए ।स्काउट अहिले ७ दशमा पार गरिसकेको छ। चाँडै नै शताब्दी मनाउने मोडमा आइपुगेको छ, उनले भने, ‘स्काउटको लक्ष्य हासिल गर्न के पहल गर्नुपर्छ म तयार छु।’उनले स्काउटलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउँदै सबैलाई आ आफ्नो ठाउँबाट समाजमा असल काम गर्न आग्रह गरे ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...












