स्काउटको नयाँ ऐन बनाउन पहल गर्ने खेलकुद मन्त्रीको प्रतिबद्धता
काठमाडौं । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले स्काउटको नयाँ ऐन बनाउन पहल गर्ने बताएका छन्। मंगलबार लैनचौरस्थित स्काउटले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।
मन्त्री चौधरीले भने, ‘स्काउट अहिले पनि २०५० सालमा बनेको पुरानो ऐन अनुसार नै चलेको छ।२०७५ सालमा केही ऐनहरू संशोधन भएका छन्, र बाँकी ऐनहरू मन्त्रालयमा प्रस्तावित अवस्थामा रहेका छन्।अब चाँडै स्काउटको नयाँ ऐन मेरै पालामा आउँछ।’उनले देश सङ्घीय संरचनामा गइसकेकाले अब स्काउटलाई पनि सोही अनुसार रूपान्तरण गर्नुपर्नेमा जोड दिए। स्काउटलाई पनि सङ्घीय संरचना अनुसार देशभरमा लैजानुपर्छ।७५३ वटै नगरपालिकामा स्काउट स्थापना गर्न सकियो भने बालबालिका र युवाहरूमा चरित्र निर्माणमा थप मद्दत मिल्छ।’
उनले हाल युवा तथा बालबालिकाहरूमा हुनुपर्ने सामाजिक संस्कार र नैतिक वान संस्कार बिस्तारै खस्किँदै गएकोप्रति चिन्ता व्यक्त गरे। उनले भने, ‘अहिले बालबालिका र युवाहरूमा सामाजिक संस्कार र नैतिक चरित्रको कमी देखिराखिएको छ। बिस्तारै यसमा ह्रास आइरहेको छ। स्काउटले यसमा पहल गर्न जरुरी भइसकेको छ।’
स्काउटले प्राकृतिक प्रकोपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मन्त्री चौधरीले स्काउटलाई थप चलायमान बनाउन लागि पर्ने बताए ।स्काउट अहिले ७ दशमा पार गरिसकेको छ। चाँडै नै शताब्दी मनाउने मोडमा आइपुगेको छ, उनले भने, ‘स्काउटको लक्ष्य हासिल गर्न के पहल गर्नुपर्छ म तयार छु।’उनले स्काउटलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउँदै सबैलाई आ आफ्नो ठाउँबाट समाजमा असल काम गर्न आग्रह गरे ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












