ताजा समाचार

काभा महिला भलिबलको उपाधिका लागि नेपाल र भारत भिड्दै

काठमाडौं। नेपालले आज काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा भारतको सामना गर्दै छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने फाइनल खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । समूह चरणमा भरातलाई पराजित गरेर उच्च मनाेवलका साथ फाइनल प्रवेश गरेको नेपालले मंगलबार सम्पन्न सेमिफाइनल खेलमा इरानलाई सोझो सेटमा ३-० ले पराजित गरेको थियो ।

त्यस्तै, समुह चरणमा पहिलो नम्बरमा रहेको भारतले सेमिफाइनलमा भारतले श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । लिग चरणमा नेपालले भारतलाई पराजित गरिसकेको हुनाले आज फाइनलमा नेपालले उच्च मनोबलका साथ खेल्ने आकलन गरिएको छ ।

त्यस्तै, आजै तेस्रो स्थानको खेल इरान र श्रीलंकाबीच दिउसो २ बजेदेखि हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org