नेताहरू ‘राजा महाराजा’जस्ता हुनुहुँदैन, प्रचण्डले नेतृत्व छाड्नुपर्छ : जनार्दन शर्मा
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डकै कारण पार्टी कमजोर भएको भन्दै नेतृत्व हस्तान्तरण गर्न प्रस्ताव गर्नुभएको छ । काठमाण्डौमा चलिरहेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा उपमहासचिव शर्माले १४ पृष्ठ लामो प्रस्ताव पेश गर्दै प्रचण्डले पार्टीलाई सही ढङ्गले चलाउन नसकेको आरोप लगाउनुभएको छ ।
जनार्दन शर्माले अध्यक्ष प्रचण्डको अहिलेसम्मको योगदानलाई स्थापित गर्न वैचारिक काम, सत्ताको नेतृत्व प्रचण्डले नै गर्ने र सङ्गठनको नेतृत्व उहाँले चाहेको व्यक्ति वा पुस्ता हस्तान्तरण गरेर युवालाई दिन माग गर्नुभएको छ । अहिलेको केन्द्रीय कमिटी भङ्ग गरेर प्रचण्डको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाएर महाधिवेशनबाटै प्रत्यक्ष चुनावमार्फत नयाँ नेतृत्व चयन गर्न पनि शर्माको माग छ । उहाँले पार्टी र नेतृत्वप्रति विश्वास गरेर जनयुद्ध तथा जनआन्दोलनमा लागेको वर्ग, समुदाय अहिले माओवादीबाट टाढिँदै गएको भन्दै विभिन्न सुझाव दिनुभएको छ ।
कूटनीति, स्वास्थ्य, सार्वजनिक शिक्षा, औद्योगिकीकरण, श्रम संस्कृति लगायतका पार्टीले लिएका कैयौं नीति र कार्यक्रम अलपत्र परेको भन्दै जनार्दन शर्माले यसको जवाफ अध्यक्ष प्रचण्डसँग माग्नुभएको छ । नागरिकका एजेन्डा छाड्दै गएकाले अहिले माओवादी योजना र सङ्गठनविहीन बन्न पुगेको भन्दै शर्माले २०६४ सालको संविधानसभा चुनावमा पाएको ३१ लाख जनमत अहिले घटेर ११ लाखमा झरेको उल्लेख गर्नुभयो । पार्टी नेतृत्वकै कमजोरीले गर्दा माओवादी शून्यमा झर्न लागेको र पार्टीमा भएकाहरू पनि असन्तुष्टि बोकेर बाँचिरहेको उहाँले बताउनुभएको छ ।
माओवादीका नेताहरूको राजा महाराजाको जस्तो जीवनशैली नागरिकले मन नपराएको उहाँको प्रस्तावमा उल्लेख छ । अरू पार्टी र माओवादीबीचको फरक के हो त भनेर सोध्दा जवाफ दिने ठाउँ नरहेको जनार्दन शर्माको विचार छ । पार्टीलाई सुधार गर्न सुझाव दिँदा र फरक मत राख्दा पार्टी फुटाउँदैछन् भन्ने हल्ला चलाएर आफ्नो अभियानलाई बदनाम बनाउन खोजिएको भन्दै उहाँले आफूलाई तह लगाउन राज्य शक्तिको समेत दुरुपयोग भएको आरोप लगाउनुभएको छ ।
पार्टी सञ्चालनको मूल्य मान्यता तोडेको, विधि विधान र प्रणालीको धज्जी उडाइएको भन्दै जनार्दन शर्माले सामूहिक नेतृत्वको कम्युनिस्ट अवधारणालाई हटाएर एकलौटी नेतृत्वको अभ्यास भएको भन्दै असन्तुष्टि पोख्नुभएको छ । अब गाउँगाउँमा गएर माओवादीले गरेका राम्रा कामको प्रचार गर्ने, पार्टीमा भएको विभेद हटाउने, कृषि उत्पादन र औद्योगिकीकरण बढाउने, निःशुल्क स्वास्थ्य र शिक्षाको नारालाई जोडतोडले उठाउने, पार्टीले जितेका पालिकामा उत्पादन र रोजगारी बढाउने, गरिबी हटाउने लगायतका नमूना काम गर्ने शर्माको सुझाव छ । उहाँले संसदमा सशक्त प्रतिपक्षको भूमिका खेलेर २०८४ सालसम्म सरकारमा नजाने, माओवादीका सबै नेताहरूको सम्पत्तिको यथार्थ विवरण सार्वजनिक गर्न माग गर्नुभएको छ ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












