धरानमा असोज ३ गतेदेखि अन्तर्राष्ट्रिय फुटसल प्रतियोगिता हुने
काठमाडौं । सुनसरीको धरानमा तेस्रो संस्करणको ‘सञ्जीवनी अन्तर्राष्ट्रिय फुटसल’ प्रतियोगिता हुने भएको छ । सञ्जीवनी केन्द्रको आयोजनामा आगामी असोज ३ देखि ५ गतेसम्म प्रतियोगिता हुन लागेको हो । सञ्जीवनी केन्द्रले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी सुरु भएको जनाएको छ । यो प्रतियोगिता कोशी प्रदेशको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो । प्रतियोगितामा धरान, पोखरा, काठमाडौं, चितवन, झापा, मोरङका साथै भुटान, सिलगुडी, सिक्किम, दार्जिलिङबाट पनि टोलीहरू सहभागी हुने केन्द्रका अध्यक्ष सम्पूर्ण ताम्राकारले जानकारी दिए ।
प्रतियोगितामा दर्ता हुन चाहने टिम र खेलाडीले लागुऔषध नियन्त्रण रोकथाम र उपचार क्षेत्रमा कार्यरत कुनै पुनर्स्थापना केन्द्रको प्रतिनिधित्व गरेर मात्र सहभागी हुन पाउने छन् । अध्यक्ष ताम्राकारका अनुसार दुर्व्यसनीमा फसेका युवाहरूलाई सामाजिकरण गर्नुका साथै भाइचारा कायम गर्न फुटसल प्रतियोगिता गराउँदै आएकोमा यो वर्ष ओपन रिकभरिङ टिम, भेट्रान टिमसहित महिला टिमको पनि छुट्टाछुट्टै प्रतिस्पर्धा राखिएको छ ।
प्रतियोगितामा ओपन रिकभरिङ समूहतर्फको उपाधि विजेता टिमले नगद २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । उपविजेताले नगद १ लाखसहित ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गर्ने छ । भेट्रानतर्फ प्रथम पुरस्कार नगद ५० हजार, दोस्रो ३० हजार र तेस्रो २० हजार रुपैयाँ पुरस्कार रहेको छ भने महिलातर्फ प्रथम पुरस्कार २० हजार र दोस्रोले १० हजार रुपैयाँ प्राप्त गर्ने छ ।
प्रतियोगितामा व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट खेलाडी र गोलकिपरले जनही नगद ५ हजार, ट्रफी र प्रमाणपत्र पाउने छन् । केन्द्रले लामो समयदेखि लागुऔषधको दुव्यर्सनमा फसेका युवायुवतीलाई समाज र परिवारमा पुनर्स्थापित गर्न सुधारगृह मार्फत उपचार गर्दै आएको छ ।
सञ्जीवनी केन्द्र युवाहरूलाई लागुऔषध दुर्व्यसनीबाट मुक्त गराउन उपचार तथा मनोपरामर्शका लागि धरानकै युवाहरूको पहलमा २०६५ सालमा स्थापना भएको संस्था हो । धरान उपमहानगरपालिका– १३ मा कार्यालय रहेको केन्द्रले हालसम्म धरान, पोखरा, काठमाडौं, मोरङ, झापालगायत भारतका विभिन्न स्थानका लागुऔषध दुर्व्यसनी मध्ये दुईहजार भन्दा बढी युवाहरूलाई मनोपरामर्श तथा उपचार सेवा (उपचार) दिँदै आएको छ ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












