एमडीएमएस घोटालाका डिजाइनर मल्ल र सेल्सबेरीका प्रधानाङ्गद्वारा अनुसन्धान गर्ने निकायमाथि ‘मिडिया ट्रायल’
-
(सजिव कालाखेती)
काठमाडौं । दूरसञ्चार क्षेत्रको भीओआईपीदेखि एमडीएमएस घोटालासम्म जोडिएका चर्चित र विवादित पात्र हुन् मनिन्द्र मल्ल। कल बाइपास ‘भीओआईपी’ काण्डमा जोडिएका मल्ल एमडीएमएस घोटालाका डिजाइनर हुन् । नमस्ते ग्लोबलसँग जोडिएका उनी एमडीएमएसको लोकल एजेन्ट हुन् । सबै जाँचोपाँचो मनिन्द्र आफैंले मिलाएपनि भ्रष्टाचार मुद्दाको प्रतिवादी भने उनका भाइ कबिन्द्रराज मल्ल बनेका छन् । किनकि उनी धेरै चलाख भएर कागजी रुपमा आफू देखा परेका छैनन्। मनिन्द्रले एमडीएमएसमा फाइदा आफूले लिएर भाइलाई भ्रष्टाचारमा डुबाइदिएका छन् ।
एमडीएमएसमा घोटाला भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। त्यसपछि एमडीएमएस घोटालाका डिजाइनर मनिन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरुद्ध लगातार ‘ मिडिया ट्रायल’ गर्दै आएका छन् । उनी लोकल एजेन्ट रहेको एमडीएमएसविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग अनावश्यक बदनाम गर्ने गरी मनिन्द्रको ‘प्लान’मा मिडिया ट्रायल भइरहेको सहजै बुझ्न सकिन्छ।
सेल्सबेरीले पनि यसरी नै राजस्व छली मुद्दामा जोगिन राजस्व अनुसन्धान विभागविरुद्ध मिडिया ट्रायल गरेको थियो। त्यसैको सिको गर्दै मनिन्द्रले अख्तियारविरुद्ध मिडिया ट्रायल मार्फत विष वमन गरेका हुन्।
भीओआईपी प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीको फन्दामा परेका मनिन्द्र दूरसञ्चार क्षेत्रका ठूलै बिचौलिया हुन्। यातायात व्यवस्था विभागले हालै खरिद गरेको स्मार्ट लाइसेन्स कार्डमा पनि उनले मिडिया ट्रायल गरेर भुक्तानी लिइ छाडेका छन्। सम्झौताको सर्त पूरा नहुँदै १२ लाख स्मार्ट कार्ड आपूर्तिकर्ता जर्मन कम्पनी म्युहलबौयर आईडी सर्भिस जिएमबिएचका लोकल एजेण्ट मनिन्द्रले अनावश्यक मिडिया ट्रायल गरेर भुक्तानी लिएरै छाडेका हुन्। सुरुमा जर्मनीको कम्पनी म्युहलबौयर आईडी सर्भिसले आपूर्ति गरेको स्मार्ट कार्ड स्पेसिफिकेसनविपरीत भएको समाचार लेख्ने एक अनलाइनले पछि यातायात व्यवस्था विभागले भुक्तानी दिएन भनेर लगातार समाचार लेखेको थियो। यसमा मनिन्द्रले सेटिङ मिलाएर मिडिया ट्रायल गरेको सहजै अनुमान लगाउन सकिन्छ।
मिडिया ट्रायलमा खप्पिस मनिन्द्र प्रधानमन्त्री केपी शर्मा ओलीसँग फोटो खिचाउन समेत भ्याइसकेका छन् । गंगा दाहालसँग निकट रहेर काम गरेका उनी ओलीको चाकडी समेत गर्न भ्याइसकेको पाइन्छ। ‘समृद्ध नेपाल सुखी नेपाली’ का परिकल्पनाकार ओलीसँग नजिकिएर आफ्नो स्वार्थपुर्ति गर्नका लागि तल्लीन भएर लागेका छन् । प्रधानमन्त्री ओलीसँग नजिकिएर मल्लले काम लिएमा ओलीको छवि नै बदनाम गर्नसक्ने मल्लसँग नजिक केही व्यक्तिहरु बताउँछन् । यस्ता ठग व्यक्तिसँग प्रधानमन्त्री ओली समेत सर्तक रहनु पर्ने देखिन्छ। आफ्नो विषयमा समाचार लेख्ने मिडियालाई नै आफ्नो पक्षमा पारेर मिडिया ट्रायल गराउन खप्पिस मनिन्द्रसँग नजोगिए यिनले बदनाम गराउने पक्का छ ।
प्रचण्ड प्रधानमन्त्री हुँदा विभिन्न सेटिङ मिलाएर ठेक्काहरु पाउनका लागि गंगा दाहालसँग मल्ल नजिकिएका थिए । उनी प्रचण्ड र गंगाका नजिकका पात्र भएको पनि बुझिएको छ ।
उता ‘गुणस्तरीय सामान, उचित मूल्य तथा उत्कृष्ट ग्राहक सेवा’ लाई आफ्नो मूलमन्त्र बनाएको दाबी गर्दै विगत तीस बर्षदेखि चेन डिपार्टमेण्टल स्टोर सञ्चालन गर्दै आएको सेलवेज ग्रुप अन्तगर्तको सेलवेज क्यास एण्ड क्यारी प्रा.लि.(सेल्सबेरी) ले करोडौं रुपैयाँ राजस्व छली गरेको विषयमा उजुरी परि अनुसन्धान भइरहेको छ । आर्थिक वर्ष २०७९/८० मा करिव २ अर्बको कारोबार गरेको सेलवेज क्यास एण्ड क्यारीले आर्थिक वर्ष २०८०/८१ मा भने करिव १ अर्ब ५० करोड मात्र कारोबार गरेको हिसाब देखाएर करिव ५० करोड कारोबारको मुनाफामा राजस्व छलेको पाइएको छ। राजस्व छलीबाट आर्जित रकमबाट कम्पनीका प्रमुख प्रशासकीय अधिकृत सुशिलमान प्रधानाङ्गले महाराजगञ्जमा जग्गा खरिद गरि भव्य आधुनिक भवन निर्माण थालेको पनि बुझिएको छ ।
यो पनि पढ्नुहोस् सेलवेज क्यास एण्ड क्यारीले करोडौं रुपैयाँ राजस्व छली गरेको खुलासा
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












