मर्स्याङ्दीमा खसेको बस नम्बर युपी ५३ एफटी ७६२३, घाइते र शव निकाल्दै सुरक्षाकर्मी
काठमाडौं । पोखराबाट काठमाडौंतर्फ आउँदै गर्दा तनहुँको आँबुखैरेनी नजिक ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको बस भारतीय रहेको खुलेको छ । झण्डै ४० यात्रु रहेका सो बसको नम्बर युपी ५३ एफटी ७६२३ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
पृथ्वी राजमार्गको आँबुखैरेनी(मुग्लिङ सडकखण्डमा पर्ने ऐनापहरा आँबुखैरेनी गाउँपालिका-२ मा पर्छ । सो भारतीय बस शुक्रबार बिहान करिब साढे ११ बजेतिर सडकबाट खसेको हो । प्राप्त तस्बिरहरू हेर्दा सो बसको माथिल्लो भाग नै उछिट्टिएर उदाङ्गो भएको छ । सिटमा केही यात्रुहरू देखिइन्छन् भने उद्दार गरिएका यात्रुहरू बस खसेकै भीरमा यत्रतत्र छरिएका छन् ।
पृथ्वी राजमार्गबारे जानकारी दिने सूचनामूलक फेसबुक खाता मुग्लिङ बजारमा प्रविष्ट गरिएका भिडियोहरू हेर्दा बस मर्स्याङ्दी नदीको किनारमै पुगेको छ । सुरक्षाकर्मीहरूले दुर्घटनामा ज्यान गुमाएका यात्रुहरूको शव उतारिरहेको देखिन्छ ।
Comments
अरु समाचार
-
चन्द्रागिरीमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु
काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागाढुङ्गा ढलानस्थित सडकमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ग१ख...
-
वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात
काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब २२ अर्ब २० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ...
-
इजरायली आक्रमणमा गाजामा १० प्यालेस्टिनीको मृत्यु
काठमाडौं । गाजा पट्टीका विभिन्न ठाउँमा सोमबार भएको इजरायली आक्रमणमा १० प्यालेस्टिनीको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्।...
-
लहानमा २ करोड २९ लाखको आधुनिक तरकारी बजार बन्ने
काठमाडौं । लहान नगरपालिकाले कृषि उत्पादनको व्यवस्थित बजारीकरणलाई प्राथमिकता दिँदै यहाँको नयाँबजारस्थित खुट्टीखोला किनारामा आधुनिक तरकारी बजार बनाइने भएको छ...
-
दक्षिण कोरियाको संवैधानिक अदालतद्वारा प्रधानमन्त्रीलाई महा अभियोग लगाउन अस्वीकार
काठमाडौं । दक्षिण कोरियाको संवैधानिक अदालतले हान डक–सूलाई महाभियोग लगाउन संसदले पेश गरेको प्रश्तावलाई सोमवार दक्षिण कोरियाको संवैधानिक अदालतले अस्वीकार...
-
आइपीएलमा आजः दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स भिड्ने
काठमाडौं । विश्वकै सबैभन्दा चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगितामध्येको एक इन्डियन प्रिमियर लिग (आई.पी.एल.) क्रिकेटको १८औं संस्करण आज एक खेल हुँदैछ...
-
घ्याम्पेसालदेखि ताकुकोट जाने सडकखण्ड चार दिन बन्द
काठमाडौं । गोरखाको बारपाक सुलीकोट गाउँपालिका–६ को बहाकोटदेखि वडा ७ को वडा कार्यालय पाँचखुवा देउरालीसम्मको मुख्य सडक चार दिनको लागि...
-
अमेरिकाबाट निष्कासनपछि १९९ आप्रवासी भेनेजुएलामा अवतरण
काठमाडौं । संयुक्त राज्य अमेरिकाबाट निष्काशित १९९ आप्रवासी बोकेको विमान सोमबार बिहान भेनेजुएला आइपुगेको गृहमन्त्री डिओसडाडो काबेलोले बताएका छन् ।...
-
नयाँ बसपार्कमा यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा
काठमाडौं । गोँगबुस्थित नयाँ बसपार्कभित्र यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा परेका छन् । देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल...