भैरहवामा नयाँ पेट्रोलियम भण्डारणका लागि जग्गा व्यवस्थापनको काम अन्तिममा चरणमा
काठमाडौं । रुपन्देहीको भैरहवामा नयाँ पेट्रोलियम भण्डारण गृह निर्माणका लागि जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल आयल निगमले रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा करिब १४ बिघा जग्गामा लुम्बिनी प्रदेशस्तरीय इन्धन भण्डारण डिपो निर्माणको तयारी गरिरहेको छ।
पहिलो चरणमा जग्गा व्यवस्थापन र दोस्रो चरणमा भण्डारण ट्याङ्क निर्माण गरिने परियोजना संयोजक इन्जिनियर प्रदीप यादवले जानकारी दिए। पहिलो चरणअन्तर्गत जग्गाको पश्चिमी र उत्तरी क्षेत्रमा रोहिणी खोलामा आउने बाढीबाट हुनसक्ने क्षति रोक्न ‘ग्याबिन’ र ‘रिटेनिङ’ पर्खाल लगाउने काम ८० प्रतिशत सम्पन्न भएका छन्।
निगमले तीनवटा ठेकेदारमार्फत गत जेठ १८ गतेदेखि भण्डारण गृहको जग्गा व्यवस्थापनका काम गरिरहेको छ। भण्डारण गृह निर्माणस्थलमा पर्खाल लगाउने र जमिन सम्याउने कार्य गत असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि लगातारको वर्षा र रोहिणी खोलमा आएको बाढीले केही समय ढिला भएको निगमको भनाइ छ।
‘बर्खायाममा रोहिणी खोलामा पानीको सतह बढेको तथा ढुङगाको सहज उपलब्धता नहुँदा पहिलो प्याकेजमा केही ढिलाइ भएको हो’, साइट इन्जिनियर अङ्कित रिमालले भने, ‘अन्य प्याकेजका काम अन्तिम चरणमा छन्, अबको एक महिनाभित्र पहिलो चरणका सबै काम सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।’
रोहिणी खोलाको समानान्तर छ मिटर अग्लो छ सय २० मिटर ग्याविन र जग्गाको उत्तरतर्फ चार दशमलव दुई मिटर अग्लो एक सय ५० मिटर लामो रिटेनिङ पर्खाल लगाइएको छ। भण्डारणस्थल प्रस्तावित जग्गालाई रोहिणी खोलामा आउने बाढीबाट सुरक्षित बनाउन परियोजनास्थलभन्दा माथि करिब एक सय ८० मिटर अर्को ग्याबिन पर्खालसमेत लगाइएको छ।
रोहिणी खोलामा पछिल्लो ५० वर्षमा आएको बाढीको अवस्थालाई आकलन गरेर तटबन्ध निर्माण गरिएको निगमले जनाएको छ। ग्याविन पर्खालका लागि छ र जग्गा पुर्नका लागि एक गरी सात वटा प्याकेजमा विभाजन गरेर ठेक्का लगाइएको थियो। सात वटा प्याकेज आठ करोडमा ठेक्का लागेको थियो। प्याकेज नं ७ अन्तर्गत जग्गा पुर्ने तथा सम्याउने कार्य लगभग सम्पन्न भएको छ।
प्याकेज नं ४, ५ र ६ मा ग्याबिन पर्खाल लगाउने काम सम्पन्न भइसकेका छन्। प्याजेक नं ३ अन्तर्गत करिब ७० प्रतिशत काम सकिएको छ। काठमाडौंस्थित शुभश्री सर्वश्री जेभीले पहिलो र दोस्रो, वीरगन्जस्थित उज्यालो निर्माण सेवाले तेस्रो तथा प्रिजन कन्ट्रक्सनले बाँकी चार वटा प्याकेजमा काम गरिरहेको छ।
अबको एक महिनाभित्र जग्गाको सुरक्षाका लागि पर्खाल लगाउने र सम्याउने काम सम्पन्न गरी ‘कम्पाउण्ड’ निर्माणको काम थालिने इन्जिनियर रिमालको भनाइ छ। रुपन्देहीको भलबारी डिपोको भण्डारण क्षमता न्यून तथा घनाबस्ती नजिक रहेकाले परासी–भैरहवा सडक खण्डमा खरिद गरिएको करिब १४ बिघा जग्गामा नयाँ भण्डारण गृह निर्माण गर्न लागिएको निगमले जनाएको छ।
उक्त भण्डारण निर्माण भएसँगै लुम्बिनी प्रदेशका लागि पेट्रोलियम पदार्थको आपूर्तिमा सहज हुने अपेक्षा गरिएको छ। सो भण्डारणले लुम्बिनी प्रदेशको २० दिनको माग धान्नेछ। निगमले पेट्रोलियम पदार्थको भण्डारण क्षमता अभिवृद्धिका लागि देशका विभिन्न स्थानमा नयाँ भण्डारण गृह निर्माण तथा क्षमता विस्तार गर्दै आइरहेको छ। रोहिणी क्षेत्रमा करिब तीन अर्ब लागतमा नयाँ भण्डारण गृह निर्माण गरिने परियोजना संयोजक यादवले जानकारी दिए।
सो स्थानमा डिजेल भण्डारणका लागि २१०० किलोलिटर तीन, पेट्रोल भण्डारणका लागि १६०० किलोलिटर दुई र मट्टितेल भण्डारणका लागि ७० किलोलिटरका तीन वटा ट्याङ्क निर्माण गरिनेछ।भण्डारण निर्माण भएसँगै हालको भलबारी डिपो रोहिणी खोला किनारमा सर्नेछ।
असोजभित्र परियोजनाको डिजाइन सम्पन्न हुने निगमले जनाएको छ। परियोजनाको डिजाइन काठमाडौं विश्वविद्यालयले गरिरहेको छ। आगामी मङ्सिरमा भण्डारण गृह निर्माणको शिलान्यास गर्ने र विसं २०८३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











