उरुग्वेका स्ट्राइकर सुआरेजद्वारा फुटबलबाट सन्यास घोषणा
काठमाडौं । उरुग्वेका अनुभवी स्ट्राइकर लुइस सुआरेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।
३७ वर्षीय सुआरेजले सोमवार पत्रकार सम्मेलनको क्रममा शुक्रवार पाराग्वेविरुद्ध आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल हुने बताए।
हालसम्म १४२ खेलमा ६९ गोल गरेका उनी उरुग्वेका सर्वकालिक सर्वाधिक गोलकर्ता तथा लिभरपुल र बार्सिलोनाका पूर्वफरवार्डको रुपमा परिचित थिए।
सेन्टेनारियो रंगशालामा आयोजित पत्रकार सम्मेलनमा सन्यासको घोषणा गर्दै भावुक बनेका सुआरेजले भने, ‘यो भन्दैगर्दा दुःख लाग्दैछ। तर शुक्रवार मेरो देशको राष्ट्रिय टोलीसँग अन्तिम खेल हुनेछ।’
सन् २००७ देखि उरुग्वेका लागि खेल्दै आएका सुआरेजले सन्न्यास लिने यो उपयुक्त समय भएको बताए।
Comments
अरु समाचार
-
सामाजिक सञ्जालमा रोनाल्डोको इतिहास, एक अर्ब फलोअर्स पाउने पहिलो व्यक्ति
काठमाडौं । स्टार फुटबलर क्रिश्टियानो रोनाल्डोले सामाजिक सञ्जालको प्लेट फर्ममा एक अर्ब फलोअर्स प्राप्त गर्ने पहिलाे व्यक्ति बनेका छन् ।...
-
प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेसालाई पुरस्कार प्रदान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक विजेता पलेसा गोवर्द्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...
-
अर्जेन्टिनामाथि कोलम्बियाको जित
काठमाडौं । साविक विश्वकप विजेता अर्जेन्टीना जारी विश्वकप दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत कोलम्बियासँगको खेलमा पराजित भएको छ । गएराती...
-
युएफा नेशन्स लिग: रोनाल्डोको निर्णायक गोलमा पोर्चुगल लगातार दोस्रो जित
काठमाडौं । युएफा नेशन्स लिगमा पोर्चुगलले लगातार दोस्रो जित हात पारेको छ । गएराति भएको खेलमा पोर्चुगलले स्कटल्यान्डलाई दुई एक...
-
संविधान सभाध्यक्ष नेम्वाङको स्मृतिमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता
कास्की : संविधानसभा अध्यक्ष स्व सुवासचन्द्र नेम्वाङको स्मृतिमा पोखरामा गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिताको तयारी गरिएको छ । अखिल नेपाल राष्ट्रिय...
-
फिफा विश्वकप छनोट २०२६ : इक्वेडरलाई हराउँदै ब्राजिलले विजयी
काठमाडौं । फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले जित निकालेको छ । आज बिहान सम्पन्न खेलमा इक्वेडरलाई १–०...
-
क्रिस्टियानो रोनाल्डोले पूरा गरे ९ सय गोलको कीर्तिमान
काठमाडौं । फुटबल जगतका महान पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डोले माथिल्लो स्तरमा ९ सय गोल पूरा गरेर नयाँ कीर्तिमान राखेका छन्...
-
आईसीसी क्रिकेट लिग-२: पहिलो खेल नेपालले क्यानडासँग खेल्ने
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको दोस्रो सिरिजको पहिलो खेल नेपालले क्यानडासँग खेल्ने भएको छ । आगामी सेप्टेम्बर देखी...