इजरायलमा आम हड्ताल, गाजा युद्ध रोक्न नेतान्याहूलाई दबाव
काठमाडौं । हमास समुहले बन्धक बनाएकाहरुलाई छुटाउनकालागि सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आज इजरेलमा आम हडतालको आव्हान गरिएको छ । हिजो ६ जना बन्धकको शव फेला परेपछि इजरायलमा विरोध प्रदर्शन भैरहेको छ ।
बन्दका कारण इजरेलको मुख्य विमानस्थलको सेवा प्रभावित भएको छ । त्यहाँको नीजि क्षेत्र, बैंक, ठुला यातायात कम्पनीले हड्ताललाई साथ दिएका छन् । साथै अस्पतालहरुमा समेत सीमित मात्रामा सेवा दिइएको छ ।
आइतबार रातिसमेत भएको प्रदर्शनमा राजधानी तेल अभिभका साथै अन्य शहरहरुमा लाखौं मानिस सहभागी भएका थिए । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बन्धक छुटाउन प्रयास नगरेको आरोप प्रदर्शनकारीहरुले लगाएका छन् ।
साथै हमासको कब्जामा रहेका १ सय १ जनाको जीवितै उद्धार गर्न समेत प्रदर्शनकारीले माग गरेका छन् । गत बर्षको अक्टोबर ७ तारिखमा हमास समुहले इजरेलमा आक्रमण गरी इजरेली नागरिकलाई बन्धक बनाएका थिए ।
त्यस यता इजरेलले गाजा क्षेत्रमा गरेको कारवाहीमा ४१ हजार प्यालेस्टिनीको मृत्यु भैसकेको छ ।।
Comments
अरु समाचार
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...











