इजरायलले सिरियामा गरेको आक्रमणमा १४ जनाको मृत्यु
काठमाडौं । सिरियाली सरकारी सञ्चारमाध्यमले सोमबार राति मध्य हामा प्रान्तमा इजरायली आक्रमण भएको र उक्त घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको जनाएका छन् ।
सरकारी समाचार संस्था सानाले एक चिकित्सकीय स्रोतलाई उद्धृत गर्दै भनेको छ, “मस्याफ आसपासका विभिन्न स्थानमा इजरायली आक्रमणका कारण १४ जनाको मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन् ।
यसअघि सिरियाली युद्ध अनुगमनकारी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स)ले इजरायली आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको जानकारी दिएको थियो ।
इजरायलले पछिल्लो समय आफ्ना छिमेकी मुलुकमा बसेर इजरायलमाथि आक्रमण गर्ने विभिन्न समूहमाथिको कारबाहीलाई बढाएको छ ।
अक्टोबरमा प्यालेष्टिनी इस्लामिक समूह हमासले दक्षिणी सिरियामा गरेको आक्रमणपछि गाजामा सक्रिय सैन्य कारबाही सुरु गरेको इजरायलले गाजामा गरेको कारबाहीमा करिब ४१ हजार प्यालेष्टिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेको गाजास्थित हमास नियन्त्रित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इजरायलले लेबनान र यमनमा पनि आफ्नो हवाई आक्रमणलाई केन्द्रित गरेको छ । केही समय पहिले लेबनानमा गरेको हवाई आक्रमणमा हमाससँग निकट लेवनानी हेजवुल्लाह समूहका सैन्य शाखा हेर्ने एक कमान्डरको मृत्यु भएको थियो । त्यस्तै इरानमा हमास नेता इस्माइल हानियाको मृत्यु पनि इजरायलको आक्रमणबाट भएको इरान र हमास निकट अधिकारीले दाबी गर्दै आएका छन् । हानियाको मृत्युमा इजरायली संलग्नताबारे इजरायलले कुनै प्रतिक्रिया दिएको छैन ।
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











