अस्ट्रेलियाविरुद्धको दोस्रो टी-२० प्रतिस्पर्धामा इंग्ल्यान्डलाई ३ विकेटको जित
इंग्ल्यान्ड । लियाम लिभिङस्टोनले आफ्नो ५० औं टी-२० अन्तर्राष्ट्रिय खेललाई यादगार बनाउँदै ब्याटिङ गरेपछि इंग्ल्यान्डले अस्ट्रेलियाविरुद्धको दोस्रो टी-२० प्रतिस्पर्धामा ३ विकेटको जित हात पारेको छ।
शुक्रबार राति कार्डिफको घरेलु क्रिकेट मैदानमा भएको खेलमा इंग्ल्यान्डले १९४ रनको लक्ष्य ७ विकेटको क्षतिमा १ ओभर बाँकी रहँदा पुरा गरेको हो। इंग्ल्यान्डका लागि लिभिङस्टोनले ४७ बलमा ८७ रन प्रहार गरे।
अस्ट्रेलियाका अलराउण्डर मयाथ्यु सर्टले ३ ओभरमा २२ रन खर्चेर ५ विकेट लिए पनि त्यो टोलीलाई जित दिलाउनका लागि पर्याप्त थिएन। उनले १९ औं ओभरको चौथो बलमा लिभिङस्टोन तथा त्यसपछिको बलमा ब्राइडन कर्सलाई आउट गरे पनि त्यो धेरै ढिला भइसकेको थियो। सो समयमा घरेलु टोलीलाई जितका लागि १ रन मात्र आवश्यक थियो।
लिभिङस्टोनलाई पहिलो खेल खेलिरहेको ज्याकोब बेथलले राम्रो साथ दिए। सुरुवातमा धरमराएर ३४ रनमा दोस्रो तथा ७९ रनमा तेस्रो विकेट गुमाएको इंग्ल्यान्डका बेथल र लिभिङ स्टोन मिलेर चौथो विकेटका लागि ५७ बलमा ९० रनको साझेदारी गरेका थिए। बेथलले २४ बलमा ४४ रन जोडे।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












