घुन्सामा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण
फुङ्लिङ : ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको १८ वर्ष पूरा भएको छ । जहाँ मुलुकका विभिन्न क्षेत्रका २४ विशिष्ट व्यक्तित्वहरूको ज्यान गएको थियो ।संरक्षणविद्, भूगोलविद्, योजनाविद्, सरकारी अधिकारी, र वन्यजन्तु विशेषज्ञहरू यस दुर्घटनामा परेका थिए । उहाँहरूको योगदानको स्मरण गर्दै, असोज ७ लाई सरकारले राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने निर्णय गरेको थियो । घुन्सा हेलिकप्टर दुर्घटना वातावरणीय संरक्षणको मुद्दामा एक महत्वपूर्ण मोड बनेको छ ।
वि.सं. २०६३ असोज ७ गते विश्व वन्यजन्तु कोष नेपालद्वारा आयोजना गरिएको कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने समारोहमा सहभागी हुन विशिष्ट व्यक्तित्वहरूको टोली घुन्सा पुग्नुभएको थियो । यो परियोजना हिमालय क्षेत्रको जैविक विविधताको संरक्षणमा एक महत्वपूर्ण कदम थियो । कञ्चनजङ्घा देशकै एक प्रमुख संरक्षण क्षेत्र हो । जहाँ दुर्लभ वनस्पति, जनावर, र जैविक सम्पदाको संरक्षण हुँदै आएको छ ।
परियोजना हस्तान्तरण कार्यक्रमपछि सहभागीहरू काठमाडौँ फर्किन हेलिकप्टर चढेका थिए । तर दुर्भाग्यवशः फर्कने क्रममा घुन्सास्थित फले पहाडमा हेलिकप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राई, भूगोलविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. चन्द्र गुरुङ, वन्यजन्तु संरक्षण विज्ञ डा. तीर्थमान मास्के, वनमन्त्रालयका सचिव डा. दामोदरप्रसाद पराजुली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल, र अन्य विशिष्ट व्यक्तित्वहरूले ज्यान गुमाएका थिए ।
दुर्घटनाबारे छानबिन गर्न तत्कालीन सरकारले जनकेशरीराज पण्डितको नेतृत्वमा एक कार्यदल गठन गरेको थियो । प्रारम्भिक अनुसन्धान अनुसार दुर्घटनाको प्रमुख कारण मौसम प्रतिकूलता देखाइएको थियो । घुन्सा क्षेत्र हिमालयको उचाइमा पर्छ । जहाँ मौसम आकस्मिक रूपमा परिवर्तन हुन सक्छ । अनुसन्धानले प्रतिकूल मौसमले हेलिकप्टरको उडानमा अवरोध पु¥याएको र त्यसैले दुर्घटना निम्त्याएको निष्कर्ष निकालेको थियो ।
छानबिन समितिले मौसमजन्य कारणलाई प्राथमिक कारण भने पनि यस घटनाले नेपालमा हवाई सुरक्षासम्बन्धी प्रश्न उठेका थिए । भौगोलिक बनावट र मौसमका कारण उच्च पहाडी क्षेत्रहरूमा हवाई सुरक्षाको चुनौतीबारे बहस भएका थिए । यस घटनाले नेपालमा उड्डयन सुरक्षाका मापदण्डहरू सुधार गर्न र उच्च हिमाली क्षेत्रहरूको उडानमा विशेष ध्यान दिनुपर्ने कुरालाई अगाडि ल्याएको थियो ।घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिहरू नेपालको संरक्षण अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्वहरू हुनुहुन्थ्यो । तीमध्ये प्रमुख व्यक्तित्वहरूमा डा. हर्क गुरुङ, डा. चन्द्र गुरुङ, र गोपाल राई थिए ।
डा. हर्क गुरुङ भूगोलविद् मात्र नभएर नेपालको दिगो विकास, सामाजिक न्याय, र संरक्षण क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्व हुनुहन्थो । उहाँले नेपालको भौगोलिक र सामाजिक संरचनाको गहिरो अध्ययन गर्नुभएकोे थियो । उहाँले हिमालय क्षेत्रको जैविक विविधताको संरक्षणमा धेरै काम गर्नुभएको थियो । डा. चन्द्र गुरुङले अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (ब्ऋब्ए) को नेतृत्वगर्दै संरक्षणको नयाँ मोडेल प्रस्तुत गर्नुभएको थियो । यो परियोजनाले स्थानीय समुदायसँग मिलेर काम गर्ने र उहाँहरूलाई संरक्षणको जिम्मेवारी दिने अवधारणालाई अघि ल्यायो, जसले संरक्षण र दिगो विकासलाई सँगसँगै अगाडि बढाउने प्रयास गरेको थियो । गोपाल राई, जो तत्कालीन् वन राज्यमन्त्री हुनुहुन्थो । उहाँले नेपालको वन संरक्षण, जैविक विविधताको समृद्धि, र वातावरणीय व्यवस्थापनमा सरकारको भूमिका सुदृढ बनाउन महत्वपूर्ण काम गर्नुभएको थियो । उहाँ वन्यजन्तु संरक्षण र राष्ट्रिय निकुञ्जहरूको व्यवस्थापनमा नीति निर्माणमा संलग्न हुनुहन्थो ।
घुन्सा हेलिकप्टर दुर्घटनामा परेका महान् व्यक्तित्वहरूको योगदानको सम्मानमा सरकारले असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने निर्णय गरेको हो । यस दिवसले देशभर जनचेतना फैलाउने काम गर्दछ । नेपालको जैविक विविधता, वन्यजन्तु, र वातावरणीय संरक्षणको मुद्दालाई प्राथमिकता दिने उद्देश्यका साथ विभिन्न कार्यक्रम आयोजना गरिन्छ । यहाँ घुन्सा दुर्घटनामा निधन भएका व्यक्तित्वहरूको स्मृतिमा विशेष कार्यक्रम गरिँदै आएको छ । भिन्तुना डाँडास्थित स्मारकमा सरसफाइ अभियान र श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । स्थानीय विद्यालय र समुदायहरूले वातावरणीय संरक्षणको महत्वबारे छलफल गर्दै जनचेतनामूलक कार्यक्रमहरू आयोजना गर्ने गरेका छन् ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












