कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गर्ने निर्णय गरेको छ ।
प्रदेशका मुख्यमन्त्री हिक्मकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको संयोजकत्वमा राजनैतिक तथा प्रशासनिक समिति, आन्तरिक मामिला तथा कानुनमन्त्री लिला बल्लभ अधिकारीको संयोजकत्वमा कानुन, न्याय तथा प्रदेश मामिला समिति र भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईको संयोजकत्वमा आर्थिक, सामाजिक तथा पूर्वाधार समिति मन्त्रिपरिषद्स्तरीय समिति गठन गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीले जानकारी दिए ।
प्रदेश सिँचाइ नियमावली, २०८१ लाई कानुन, न्याय तथा प्रदेश मामिला समितिमा पेस गर्ने निर्णय गरिएको छ । कोशी प्रदेश नवीकरणीय ऊर्जा नीति, २०८१ स्वीकृत गर्ने, एसियाली विकास बैङ्कको ऋण सहयोगमा र ‘साउदी फन्ड फर डेभलेप्मेन्ट’को सहलगानीबाट कार्यान्वयन हुने अत्याधुनिक सिँचाइ परियोजनाका लागि वार्ता र सहमति गर्न स्वीकृति दिने, जलवायु अनुकुलित बृहत् खानेपानी आयोजनामा कार्यरत ३३ कर्मचारीको आर्थिक वर्ष २०८१÷८२ को अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको छ ।
नेपाल स्वास्थ्य सेवा, एघारौँ तहका निर्देशक डा वीरेन्द्रकमार मण्डललाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट जिल्ला अस्पताल उदयपुरमा कामकाज, प्रदेश स्वास्थ्य सेवा, दशौँ तहका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा ज्ञानबहादुर बस्नेतलाई प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटाबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा सरुवा, प्रदेश स्वास्थ्य सेवा दशौँ तहका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा सुरेश मेहतालाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटा सरुवा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता मन्त्री अधिकारीले जानकारी दिए ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभामा आज प्रचण्डले सम्बोधन गर्ने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्...
-
काठमाडौंका केही ठाउँ दुई महिनाका लागि निषेधाज्ञा
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले केही ठाउँमा दुई महिनाका लागि निषेधाज्ञा लगाएको छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय,...
-
वर्षाले घटाएको वायु प्रदूषण देशका मुख्य शहरमा फेरि बढ्यो
काठमाण्डाै । फागुनको मध्यमा भएको वर्षाले घटाएको वायु प्रदूषण फेरि बढेको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो शहर र तराई...
-
क्यानडाका भावी प्रधानमन्त्रीले भने- अमेरिकी व्यापार युद्धलाई जितेरै छोड्छौँ
ओटावा । क्यानडाका भावी प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्ध जित्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । लिबरल...
-
काठमाडौंमा एघारौँ नेपाल भूगर्भ सम्मेलन सुरू
काठमाडौं । आजदेखि काठमाडौंमा एघारौँ नेपाल भूगर्भ सम्मेलन सुरू भएको छ । नेपाल भूगर्भ समाजले आयोजना गरेको सम्मेलनलाई राष्ट्रपति रामचन्द्र...
-
पूर्वराजा शाह चार्टर्ड विमानबाट काठमाडौं आइपुगे
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह समिट एअरको चार्टर्ड विमानबाट केही समयअघि काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता तेजबहादुर पौड्यालले...
-
वुमन्स डे कप: युगाण्डामाथि नेपालको रोमाञ्चक जित
काठमाडौं । युगाण्डामा जारी वुमन्स डे कप टी–२० आई प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले रोमाञ्चक जित निकालेको छ । टस...
-
पूर्व राजालाई स्वागत गर्न राजावादीहरु सडकमा
काठमाडौं । एकसाता लामो पोखरा घुमघामपछि काठमाडौं फर्कन लागेका पूर्व राजा ज्ञानेन्द्र शाहलाई काठमाडौंमा भब्य स्वागत गर्न राजावादीहरु सडकमा जम्मा...
-
रवि लामिछाने आज कास्की जिल्ला अदालतमा उपस्थित हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज कास्की जिल्ला अदालतमा दोस्रो तारेखका लागि उपस्थित हुनेछन्। लामिछाने...