बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति फ्रान्सद्वारा दुःख व्यक्त
काठमाडौं । नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति सहानुभूति जनाएकी छिन् ।
नेपाल–फ्रान्स शैक्षिक साझेदारीका सन्दर्भमा शनिबार साँझ आफ्नै निवासमा आयोजित स्वागत समारोहमा उनले प्राकृतिक विपत्तिमा परी अमूल्य जीवन तथा भौतिक क्षति भएको खबरले आफू मर्माहत भएको बताउँदै यो विषम परिस्थितिमा फ्रान्स सरकार र फ्रान्सेली जनता नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक सहनुभूति एवं ऐक्यबद्धता प्रकट गर्दछौँ भनिन् ।
फ्रान्सका विभिन्न शैक्षिक प्रतिष्ठानमा माध्यमिक शिक्षादेखि विद्यावारिधिसम्मको अध्ययन गर्न चाहने नेपालीलाई लक्ष्यित गरी आयोजित शैक्षिक प्रदर्शनीले फ्रान्स र नेपालबीचको सम्बन्धलाई शिक्षाका माध्यमबाट अझ उन्नत बनाउने विश्वास व्यक्त गरिन् । जेहेन्दार विद्यार्थीलाई आफ्नो देशले छात्रवृत्तिको व्यवस्था पनि गरेकाले त्यसबाट नेपाल लाभान्वित हुने विश्वास राजदूत कोर्टेभालले व्यक्त गरेकि छन् ।
त्यस अवसरमा त्रिभुवन र काठमाडौँ विश्वविद्यालयका प्राध्यापक एवं प्रशासकका साथै ‘क्याम्पस फ्रान्स’ का दक्षिण एसियाली मुलुकका प्रतिनिधिहरूको उपस्थिति थियो ।
Comments
अरु समाचार
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...











