राष्ट्रसङ्घीय महासभामाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा आफूले गरेको सम्बोधन र त्यसक्रममा भएका दुईपक्षीय भेटवार्ता र कार्यक्रमबारे नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको बैठकलाई अवगत गराएका छन् ।
प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घमा विगतको भन्दा नेपालको उपस्थिति र प्रस्तुति प्रभावकारी रहेको अवगत गराउँदै सो क्रममा विश्वका विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखसँग भेटवार्ता गरेको समेत बताए । सो दलका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिसहित विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा प्रधानमन्त्री र अन्य विशिष्ट व्यक्तिसँग भेटघाट भएको तथा कोलम्बिया र हार्वर्ड विश्वविद्यालयका कार्यक्रम अनुभव आदानप्रदानमा महत्वपूर्ण भएका बताए ।
प्रधानमन्त्री ओलीले देशको स्वाभिमान र राष्ट्रियता उच्च पार्ने तथा नेपालको उपस्थिति ‘देखिने र सुनिने’ तुल्याउन आफूले संसद्मा गरेको सङ्कल्पबमोजिम काम गरेर स्वदेश फर्किएको जिकिर गरेका छन् ।
Comments
अरु समाचार
-
गगन थापा नेतृत्वको समिति पनि निर्वाचन आयोगमा
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा नेतृत्वको समूह शुक्रबार दिउँसो निर्वाचन आयोग जाने भएको छ । सभापति थापासहित...
-
रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको...
-
कांग्रेसमा आधिकारिकता विवाद : देउवा पक्षका नेताहरू निर्वाचन आयोग पुगे
काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेता–कार्यकर्ताहरु कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा निर्वाचन आयोग पुगेका छन् । विशेष...
-
देशलाई लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवं काठमाडौं महानगर प्रमुखबालेन शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा पनि इमानदार नेतृत्व...
-
निर्वाचन ४८ दिन बाँकी : यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिइ जाने मतदान अधिकृतको काम, कर्तव्य...
-
झापामा चुनाव लड्छु भनेर धाक नलगाउन बालेनलाई ओलीको चुनौती
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका मेयर बालेन शाहलाई आफूसँग चुनाव लड्न झापा आउँछु भनेर धाक...
-
चुनावअघि नै रवि प्रधानमन्त्री हुने चलखेल, सुशीला कार्कीलाई हटाइने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विभिन्न मुद्धाहरु फिर्ता भएसँगै प्रधानमन्त्री बन्ने सुरमा लागेको बुझिएको छ...
-
गगनको सभापतित्वमा काँग्रेसको पहिलो कार्यसमिति बैठक बस्दै !
काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक आज कुपोन्डोलको एक बैंक्वटमा बस्दै छ। कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री...
-
यस्तो छ कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको विवरण
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको नाम घोषणा गरिएको छ । काठमाडौँमा आइतबारदेखि जारी विशेष महाधिवशेनबाट ...











