न्यायलय सुधार गर्ने वरिष्ठ न्यायाधीश राउतको २४ बुँदे कार्ययोजना
-सजिव कालाखेती
काठमाडौं । सर्वोच्च अदालतमा कल्याण श्रेष्ठको कार्यकाल यता सबै भन्दा सक्षम,योग्य,इमान्दार,अनुभवी,लोकतान्त्रिक, बौद्विक र कार्यकुशल प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत नियुक्त हुने भएका छन् । प्रतिनिधि सभाको विशेष सुनुवाई समितिले वरिष्ठ न्यायाधीश राउतलाई भावी प्रधानन्यायाधीशमा अनुमोदन गर्ने सम्भावना रहेको छ । वरिष्ठ न्यायाधीश राउतले न्यायलयलाई स्वतन्त्र, निष्पक्ष,निर्भिक र सत्यका पक्षमा फैसला गर्ने थलो बनाउने प्रतिवद्वतासहितको न्यायालय सुधारका २४ बुँदे कार्ययोजना प्रस्तुत गरेका छन् । उनले मुद्दाको सुनुवाइदेखि फैसला कार्यान्वयनसम्मका विषयलाई समेट्दै समितिमा २४ बुँदे कार्ययोजना पेस गरेका हुन् । उनका कार्ययोजनाबाट सांसदहरू सन्तुष्ट भएको बुझिएको छ । संसदीय विशेष सुनुवाइ समितिमा उनले न्यायपरिषद्को विश्वसनीयता अभिवृद्धि गर्न विशेष जोड दिने प्रतिवद्धता जनाएका छन् ।
वरिष्ठ न्यायाधीश राउतले न्याय परिषदबाट हुने न्यायाधीश नियुक्तिलगायतका कामकारबाहीलाई प्रभावकारी बनाउने कुरामा आफूले ध्यान केन्द्रित गर्ने योजना पनि सुनाएका छन । न्याय प्रशासनलाई प्रभावकारी बनाउने प्रधानन्यायाधीशको अन्तिम जिम्मेवारीप्रति पनि आफू त्यत्तिकै सचेत र संवेदनशील रहेको जनाँउदै उनले न्यायालयमा तय गरिएका कार्ययोजना कार्यान्वयनका लागि बजेट, जनशक्ति लगायतका विषयमा देखिएको समस्या समाधानका लागि सरकार र सम्बन्धित निकायसँग समन्वयका साथ अघि बढ्ने बताएका छन् ।
राउतले मेरो कार्ययोजना कार्यान्वयनका लागि नियमित अनुगमन तथा मूल्यांकन र आवधिक समीक्षाको सुनिश्चितता गरिनेछ । नेपालको संविधान बमोजिम स्वच्छ, निष्पक्ष, छिटोछरितो एवं गुणस्तरीय न्याय सम्पादन गरी सबैका लागि न्याय सुनिश्चित गर्नु मेरो प्रमुख जिम्मेवारीप्रति म स्पष्ट र प्रतिवद्ध छु । न्याय प्रशासनलाई प्रभावकारी बनाउने प्रधानन्यायाधीशको अन्तिम जिम्मेवारीप्रति पनि त्यत्तिकै सचेत र संवेदनशील छु, राउतले भने ।
समितिमा उनीविरूद्ध ६ वटा उजुरी परेका छन् । जसमा आफ्नै श्रीमती ललिता राउतलाई झगडिया बनाएको, नेपाली कांग्रेसप्रति झुकाव राख्दै छोराको हत्या अभियुक्तलाई साधारण तारेखमा छाडेको, चितवनकी एक महिलाले जग्गा सम्बन्धि विवादित फैसला दिएको लगायतका उजुरी परेका थिए । समितिमा ती उजुरीका विषयमा पनि छलफल भएको थियो। ती उजुरीका विषयमा वरिष्ठ न्यायाधीश राउतले सांसदहरूको जिज्ञासामा उत्तर दिदै आफू माथि लागेका आरोपमा कुनै सत्यता र प्रमाण नरहेको भन्दै खण्डन गरेका थिए ।
राउतलाई असोज १ गते बसेको संवैधानिक परिषदको बैठकले प्रधानन्यायधीशमा सिफारिस गरेको थियो । न्याय परिषदले प्रधानन्यायाधीश पदका लागि सपना मल्ल प्रधान, प्रकाश कुमार ढुंगाना,कुमार रेग्मी, हरि प्रसाद फुयाल,कुमार चुडाल र नहकुल सुवेदी ८ जना न्यायाधीशको नाम सिफारिस गरेको भएपनि त्यसमध्ये वरिष्ठतम् न्यायाधीश राउतलाई संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।
संविधानको धारा २८४(३) ले प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै परिषदले नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ । प्रधानन्यायाधीशमा समितिबाट अनुमोदन भएका राउत २०७१ साउन १७ मा सर्वोच्चमा न्यायाधीश नियुक्त भएका थिए । उदयपुरमा जन्मिएका राउत २०६३ मा नेपाल बार एसोसिएसनका अध्यक्ष थिए । उनी लोकतान्त्रिक छविका सशक्त कानुन व्यवसायी र वरिष्ठ अधिवक्ता थिए ।
संसदीय सुनुवाई समितिले उनको नाम प्रधानन्यायाधीशमा अजुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा नियुक्त गरि पद तथा गोपनियताको सपथग्रहण गराउनेछन् । राउतले असोज २ गतेबाट प्रधानन्यायाधीशको पदभार सम्हाल्ने छन। प्रधानन्यायाधीश नियुक्त भएपछि राउतले १३ महिना सर्वोच्च अदालतको नेतृत्व गर्नेछन् ।
राउत सर्वोच्च अदालतमा १ वर्ष दुई महिना न्यायाधीश भएर फैसला गर्दा कहिल्यै विवादमा आएनन् । उनको फैसला र आदेशलाई लिएर कानुन व्यवसायी र मुद्दाका पक्षहरूले अन्याय गर्यो भनेर मन दुखाएको र गुनासो गरेको समेत कहिल्यै सुनिएन। राउतले सर्वोच्च अदालतको इजलाशमा बस्दा संविधान, कानुन,प्रमाण,बयान,बकपत्र,फिल्ड भिजिट रिपोर्ट ,विधि विज्ञान प्रयोगशालाको रिपोर्ट, प्रहरीमा गरेको मौकाको बयान, अदालतको बयान, साक्षीको बयान, नक्सा,फिल्डबुक, सरकारी निर्णय र व्याक्तिका वैयक्तिक अधिकार अनुसार दुधको दूध र पानीको पानी छुटयाएर न्यायिक फैसला गर्ने गरेको कानुन व्यवसायीहरू बताउछन् ।
सर्वाेच्च अदालतका प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशिला कार्की, गोपाल पराजुली,कामु प्रधानन्यायाधीश दिपकराज जोशी,चोलेन्द्र शमसेर राणा, कामु प्रधानन्यायाधीश दिपक कुमार कार्की, हरिकृष्ण कार्कीभन्दा राउत काविल, सक्षम, क्षमतावान,इमानदार,अनुभवी,नैतिकवान र कार्यकुशल प्रधानन्यायाधीशका रूपमा सर्वोच्च अदालतमा आउने भएका छन्। कल्याण श्रेष्ठले न्यायलयमा एनजिओ घुसाएर न्यायाधीश नियुक्ति र सिफारिसमा आर्थिक लेनदेनको परम्परा बसाएका थिए । गोपाल प्रसाद पराजुलीले त न्यायलयमा सिनियरलाई पन्छाएर जुनियरलाई बढुवा र नियुक्ति दिलाएका थिए । आफै शैक्षिक प्रमाणपत्र र नागरिकतामा जन्म मिति सच्चाएको विवादमा फसेका थिए । उनको पालामा अदालतमा नेपाली कांग्रेसको छायाँ परेको थियो ।
त्यस्तै चोलेन्द्र शमसेर राणाले न्यायलयमा बिचौलिया भित्राएर न्यायिक फैसलामा संगठित किनबेच प्रथा नै सुरूवात गरेका थिए, संस्थागत भ्रष्टाचारलाई संरक्षण र प्रोत्साहन गरेका थिए । उनी विरूद्व नेपाल बार एशोसिएशनले दुई महिने आन्दोलन समेत गरेको थियो। त्यो आन्दोलनलाई सर्वोच्च अदालतका न्यायाधीश राउत सहित अन्य सबै न्यायाधीशहरूले साथ दिएका थिए । राणा विरूद्व संसदमा महाअभियोग लागेको थिया े। त्यसपछि कामु न्यायाधीश बनेका दिपक कुमार कार्कीले न्याय क्षेत्रका विकृतिहरूलाई अन्त्य गर्नुपर्नेमा सुधारका कुनै काम नगरि बिदा भएका थिए ।
हरिकृष्ण कार्की छोटो समय प्रधानन्यायाधीश भएपछि भने उनले गोलाप्रथाबाट बेन्च तोक्ने,पुराना मुद्दालाई प्राथमिकता दिई पेशी तोक्न लगाउने, छिटो फैसला गर्ने र फैसलाको पुर्णपाठ छिटो लेख्ने,न्यायाधीशको सरूवालाई नियमित गर्ने लगायतका केही सुधारका कामको थालनी गरेका थिए । त्यसलाई नै निरन्तरता दिदै प्रधानन्यायाधीश श्रेष्ठ पनि डेढ वर्षपछि विदा भएका छन् ।
अब न्यायपालिकालाई आमुल सुधार गर्ने जिम्मेवारी र दायित्व राउतको काँधमा आएको छ । उनले संसदीय विशेष सुनुवाई समितिमा पेश गरेको न्यायलय सुधारका २४ बुँदे कार्ययोजना अनुसार तत्कालै न्याय परिषदको बैठक बोलाएर सर्वोच्च अदालतमा रिक्त ४ जना न्यायाधीश र उच्च अदालतमा रिक्त रहेका २२ जना न्यायाधीश,मुख्य न्यायाधीशको नियुक्ति,जिल्ला अदालतका न्यायाधीशको नियुक्ति र सरूवा गर्नुपर्दछ । साथै सबै तहका अदालतबाट न्यायका सेवाग्राहीहरूलाई छिटो न्यायिक सेवा र फैसला दिनु पर्दछ । गरिएका फैसलाको पनि छिटो कार्यान्वयन गर्न प्राथमिकता दिनु पर्दछ । न्यायलयमा भएका विकृति र विसंगतिहरूलाई अबिलम्व सुधार गरि अदालतप्रति जनताको आस्था र विश्वास जगाउनु पर्दछ ।
यसैबीच प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण यही असोज १ गतेबाट अवकाशमा जाँदैछन् । उनको आज असोज १६ गते सर्वोच्च अदालतमा ओैपचारिक कार्यक्रम गरि विधिवत रूपमा बिदाई गरिएको छ । भोली असोज १७ गते घटस्थापनाका दिनदेखि अदालत बिदा हुने भएकाले प्रधानन्यायाधीश श्रेष्ठको आजै बिदाई गरिएको हो ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...












