इरानको हवाई यातायात पुनः सञ्चालन
काठमाडौं । इजरायलले इरानल गरेको क्षेप्यास्त्र आक्रमणको बदला लिने प्रतिबद्धता जनाएपछि केही विमानस्थलमा उडान स्थगित गरिएको तर स्थितिको मूल्याङ्कनपछि हवाई यातायात पुनः सञ्चालन गर्ने घोषणा गरेको इरानका अधिकारीहरूले सोमबार जनाएका छन्।
इरानको नागरिक उड्डयन सङ्गठनका प्रवक्ता जाफर याजार्लूले स्थानीय समयअनुसार आइतबार राति ११ बजेदेखि पुनः उडान सञ्चालन भइरहेको र उडान तालिकाअनुसार भइरहेको जानकारी दिए ।
इरानले गत मङ्गलबार इजरायलमाथि दोस्रो प्रत्यक्ष हमलामा करिब २०० क्षेप्यास्त्र प्रहार गरेको थियो, जुन इरानको रिभोल्युसनरी गार्ड्सका एक जनरलसहित तेहरान समर्थित लडाकू नेताहरूको हत्याको प्रतिशोध थियो।
त्यसयता इजरायलले इरानको आक्रमणको जवाफ दिने बताउँदै आएको छ । इरानले सुरुमा मङगलबार रातिदेखि बिहीबार बिहानसम्म दुई दिनभन्दा कम समयका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो ।
त्यसपछि उड्डयन निकायले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानहरू सुरक्षाको कारण देखाउँदै पुनः नखुल्दासम्म ग्राउन्डेड गरिएको घोषणा गरेको थियो। युरोपेली सङ्घ उड्डयन सुरषा निकायले युरोपेली एयरलाइन्सलाई अक्टोबर ३१ सम्म इरानी हवाई क्षेत्र प्रयोग नगर्न सुझाव दिएको छ ।
Comments
अरु समाचार
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...












