साफ महिला च्याम्पियनशिप फुटलब प्रतियोगिताको तयारी पूरा
काठमाडौं । आगामी कात्तिक १ देखि नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।
प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा २७ खेलाडी रहेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिउ । उनले प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर्सको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था मिलाइएको बताए । प्रतियोगिताको अनुमानित बजेट रु चार करोड ६० लाख आठ सय रहेको आयोजकको भनाइ छ ।
आगामी कात्तिक १ देखि १४ गतेसम्म दशरथ रङ्गशालामा हुने उक्त प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भूटान र बङ्गलादेश सहभागी हुने एन्फाले जनाएको छ ।
Comments
अरु समाचार
-
भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा रु दुई खर्ब ६३ अर्ब १४ करोड विप्रेषण भित्रिएको छ ।...
-
साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा
काठमाडौं । नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल...
-
लेबनानमा सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्ः सेना
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ ।...
-
लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपाल सरकारद्वारा निन्दा,युद्धमा अन्तर्राष्ट्रिय कानुन पालना गर्न आग्रह
काठमाडौं । लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको नेपालले निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आक्रमणको निन्दा गर्दै घटनाको...
-
घोडाघोडीमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो
काठमाडौं । विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी तालमा पर्यटकको चहलपहल बढेको छ। घोडाघोडी सामुदायिक वनका अध्यक्ष दीपकबहादुर शाहले दसैँदेखि...
-
चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध
काठमाडौं । देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी...
-
मनकामना केबलकार असोज २९, ३० र कात्तिक १ गते बन्द हुने
काठमाडौं । मनकामना केबलकार तीन दिन बन्द हुने भएको छ । मर्मत सम्भारका लागि यही असोज २९ गतेदेखि आगामी कात्तिक...
-
वीपी राजमार्गमा मंगलबारदेखि रुट अनुमति लिएका गाडीहरु चल्ने
काठमाडौं। वीपी राजमार्गमा भोलि मंगलबारदेखि रुट अनुमति लिएका गाडीहरु चल्ने भएको छ । सडक डिभिजन, भक्तपुरका अनुसार बाढी तथा पहिरोले...