एक बोतल पानी सय रुपियाँमा बेच्दा दुई लाख जरिवाना
काठमाडौं । तोकिएको अधिकतम खुद्रा मूल्य रु २० को पानीको बोतल रु एक सयमा बेचेपछि जिल्ला प्रशासन कार्यालयले पोखरा–६ बैदामस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एण्ड बारलाई रु दुई लाख जरिवाना गरेको छ ।
पानी प्रशोधक कम्पनीले तोकेको अधिकतम मूल्यभन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐनबमोजिम कारबाही उक्त रेस्टुरेन्टलाई गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताउनुभयो । सोही स्थानका एक ग्राहकले रु २० पर्ने एक बोतल मिनरल वाटर रु एक सय तिरेको बिलसहित प्रशासनमा सिकायत गरेका थिए ।
स्थानीय प्रशासनले सो रेष्टुरेष्टलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ८ बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उफदफा १ को खण्ड ९ख० बमोजिम जरिवाना गरिएको जनाएको छ ।
Comments
अरु समाचार
-
उद्योगमा काटिएको बिजुली आज मध्यान्ह १२ बजेसम्म जोड्न सरकारको निर्देशन
काठमाण्डौ । सरकारले उद्योगमा काटिएको बिजुली आज सोमवार दिउँसो १२ बजेसम्म जोड्न निर्देशन दिएको छ । हिजो आइतवार बेलुका बसेको...
-
आजबाट कोप–२९ सुरु : नेपालले दिँदै जलवायुजन्य जोखिमका उदाहरण
काठमाडौँ : गत साउन ३२ गतेको दिउँसो, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा अचानक लेदोसहितको बाढी आयो । स्थानीयले एक्कासी बाढी...
-
यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर
काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...
-
आजको राशिफल: २०८१ साल कार्तिक २६ गते सोमवार
मेष:नयाँ कामतर्फ अग्रसर भइने समय छ। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम...
-
यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोट : नेपालद्वारा थाइल्याड पराजित
काठमाडौँ : युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल आफ्नो चौथो खेलमा विजयी...
-
चीनका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ओली नियुक्त
काठमाडौं । प्रा. डा. कृष्णप्रसाद ओली चीनका लागि नेपाली राजदूत नियुक्त हुनु भएको छ । राष्ट्रपचि रामचन्द्र पौडेलले संविधानको धारा...
-
राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)...
-
व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी, ढुवानीको सुविधा नहुँदा कृषकलाई समस्या
काठमाडौं । दैलेखको गुराँस गाउँपालिका–८ झ्याजे गाउँका किसानले तरकारी बेचेर पर्याप्त आम्दानी गर्दैआएका छन् । नौ परिवार रहेको उक्त गाउँका...
-
अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनी भू–भाग फिर्ताभन्दा शान्ति स्थापनामा जोड दिने
न्यूयोर्क । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका वरिष्ठ सल्लाहकार ब्रायन लान्जाले रुससँगको युद्धमा युक्रेनले गुमाएका भू–भाग फिर्ताभन्दा शान्ति हासिल गर्नमा...