विजयादशमीको अवसरमा भारतीय राष्ट्रपति मुर्मू र प्रधानमन्त्री मोदीद्वारा शुभकामना व्यक्त
काठमाडौं । भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले विजयादशमीका अवसरमा शुभकामना दिनुभएको छ ।
राष्ट्रपति मुर्मुले एक्समा लेख्नुभएको छ, “विजयादशमीको पावन अवसरमा सम्पूर्ण देशवासीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । यो अन्यायमाथि न्यायको विजयको चाड हो । यो पर्व सत्य र नैतिकताको मूल्यमान्यताप्रतिको हाम्रो विश्वासको प्रतीक हो।”
मुर्मुले एक्समा अगाडि लेख्नुभएको छ, “यस शुभ अवसरमा हामीले सबैभन्दा कठिन परिस्थितिमा पनि न्यायको पक्ष लिने प्रण गर्नुपर्छ । यो पवित्र पर्वले सबैको जीवनमा सुख र समृद्धि ल्याओस् र हाम्रो देश सदैव विकासको मार्गमा अघि बढोस् भन्ने कामना गर्दछु।”
त्यसैगरी प्रधानमन्त्री मोदीले एक्समा बिजयादशमीको पावन अवसरमा सामाजिक सञ्जाल एक्समा एक सन्देश जारी गर्दै भन्नुभएको छ, “विजयादशमीका अवसरमा माता दुर्गा र भगवान श्री रामको आशीर्वादका साथ तपाईंहरू सबैले जीवनको हरेक क्षेत्रमा विजय प्राप्त गर्नुहोस् भन्ने मेरो हार्दिक शुभकामना छ।”
राष्ट्रपति द्रौपदी मुर्मू र प्रधान मन्त्री नरेन्द्र मोदी दिल्लीको रामलीला मैदान धीरज धर गुप्तामा श्री धार्मिक लीला समितिद्वारा आयोजित दशहरा कार्यक्रममा भाग लिनुहुने कार्यक्रम रहेको छ । श्री धार्मिक लीला समितिका महासचिवले एएनआईलाई बताएअनुसार कार्यक्रम शनिबार साँझ ५ः३० बजे सुरु हुनेछ।
भारतमा विजयादशमी वा दशहरालाई एक प्रमुख हिन्दू चाडका रूपमा प्रत्येक वर्ष नवरात्रको अन्त्यमा मनाइन्छ। विजयादशमीको पर्व लगभग देशका हरेक भागमा मनाइन्छ, र यससँग सम्बन्धित धेरै किंवदन्तीहरू छन् । भगवान रामद्वारा रावणमाथि विजय गरेको दिन विजया दशमी मनाइएको भन्ने भनाइ भारतका अधिकांश हिन्दूहरूमा लोकप्रिय छ । हिन्दूहरूले भगवान् रामलाई आदर्श पुरूषका रूपमा लिने गर्छन् ।
विजयादशमीको २० दिनपछि मनाइने महत्वपूर्ण चाड दीपावलीको तयारी पनि यस पर्वले सुरु गर्छ ।
Comments
अरु समाचार
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...












