विजयादशमीको अवसरमा भारतीय राष्ट्रपति मुर्मू र प्रधानमन्त्री मोदीद्वारा शुभकामना व्यक्त
काठमाडौं । भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले विजयादशमीका अवसरमा शुभकामना दिनुभएको छ ।
राष्ट्रपति मुर्मुले एक्समा लेख्नुभएको छ, “विजयादशमीको पावन अवसरमा सम्पूर्ण देशवासीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । यो अन्यायमाथि न्यायको विजयको चाड हो । यो पर्व सत्य र नैतिकताको मूल्यमान्यताप्रतिको हाम्रो विश्वासको प्रतीक हो।”
मुर्मुले एक्समा अगाडि लेख्नुभएको छ, “यस शुभ अवसरमा हामीले सबैभन्दा कठिन परिस्थितिमा पनि न्यायको पक्ष लिने प्रण गर्नुपर्छ । यो पवित्र पर्वले सबैको जीवनमा सुख र समृद्धि ल्याओस् र हाम्रो देश सदैव विकासको मार्गमा अघि बढोस् भन्ने कामना गर्दछु।”
त्यसैगरी प्रधानमन्त्री मोदीले एक्समा बिजयादशमीको पावन अवसरमा सामाजिक सञ्जाल एक्समा एक सन्देश जारी गर्दै भन्नुभएको छ, “विजयादशमीका अवसरमा माता दुर्गा र भगवान श्री रामको आशीर्वादका साथ तपाईंहरू सबैले जीवनको हरेक क्षेत्रमा विजय प्राप्त गर्नुहोस् भन्ने मेरो हार्दिक शुभकामना छ।”
राष्ट्रपति द्रौपदी मुर्मू र प्रधान मन्त्री नरेन्द्र मोदी दिल्लीको रामलीला मैदान धीरज धर गुप्तामा श्री धार्मिक लीला समितिद्वारा आयोजित दशहरा कार्यक्रममा भाग लिनुहुने कार्यक्रम रहेको छ । श्री धार्मिक लीला समितिका महासचिवले एएनआईलाई बताएअनुसार कार्यक्रम शनिबार साँझ ५ः३० बजे सुरु हुनेछ।
भारतमा विजयादशमी वा दशहरालाई एक प्रमुख हिन्दू चाडका रूपमा प्रत्येक वर्ष नवरात्रको अन्त्यमा मनाइन्छ। विजयादशमीको पर्व लगभग देशका हरेक भागमा मनाइन्छ, र यससँग सम्बन्धित धेरै किंवदन्तीहरू छन् । भगवान रामद्वारा रावणमाथि विजय गरेको दिन विजया दशमी मनाइएको भन्ने भनाइ भारतका अधिकांश हिन्दूहरूमा लोकप्रिय छ । हिन्दूहरूले भगवान् रामलाई आदर्श पुरूषका रूपमा लिने गर्छन् ।
विजयादशमीको २० दिनपछि मनाइने महत्वपूर्ण चाड दीपावलीको तयारी पनि यस पर्वले सुरु गर्छ ।
Comments
अरु समाचार
-
युवाहरु सडकमा उत्रिन सरकारको अनुमति पर्दैनः ओली
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी ओलीले पार्टीका युवाहरुलाई सडकमा उत्रन निर्देशन दिएका छन् । अध्यक्ष ओलीले...
-
‘उत्साहजकरुपमा हुँदैछ मतदाता नामावली संकलन’
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशभर मतदाता नामावली संकलन कार्य तीव्र गतिमा जारी रहेको छ। निर्वाचन आयोगका प्रवक्ता...
-
पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन
काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ । काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा गएराति...
-
मन्त्रिपरिषद् बैठकका पछिल्ला १३ निर्णय सार्वजनिक (सूचीसहित)
काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना...
-
किन पक्राउ परे एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा ?
काठमाडौं । एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन् । बहुविवाह सम्वन्धी मुद्दामा सजाय भुक्तान गर्न बाँकी रहेकाले शेर्पालाई...
-
राजदूत फिर्ता बोलाउने विषयमा सरकार अडिग
काठमाडौं । राजदूत फिर्ता बोलाउने विषयमा सरकार अडिग रहेको छ । अर्को व्यवस्था नभएसम्म परराष्ट्र मन्त्रालयमा हाजिर हुनेगरी आउन पत्राचार...
-
‘फागुन २१ को निर्वाचन युवा पुस्ता आन्दोलनको उपलब्धि”
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा हुने आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि भएको बताएका छन्...
-
वैशाखकाे अन्तिम साता १५औं महाधिवेशन गर्ने कांग्रेस संस्थापन पक्षकाे प्रस्ताव
काठमाडौं। नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको १५औं महाधिवेशन आगामी वैशाख महिनाको अन्तिम साता गर्ने प्रस्ताव अघि सारेको छ। सोमबार नयाँ...
-
प्रधानमन्त्री कार्की र संघीय संसद्का दुवै सदनका प्रमुखबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र संघीय संसद्का दुवै सदनका प्रमुखबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार...












