महिला साफ च्याम्पियनसिपमा आज नेपाल र भुटानबिच प्रतिस्पर्धा हुँदै
काठमाडौं । महिला साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।
दशरथ रङ्गशालामा साँझ ५ः३० बजे सुरु हुने खेलमा आयोजक राष्ट्र नेपाल भुटानलाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्य साथ मैदानमा उत्रने छ । यसअघिका हरेक संस्करणमा भुटानमाथि हावी बन्दै आएको नेपाल तुलनात्मक रुपमा बलियो रहेको छ ।
यसअघि साफको ६ संस्करणमा नेपालले चारपटक भुटानसँग खेलेको थियो । जसमा नेपालले सतप्रतिशत जित निकालेको थियो । सन् २०१४ को तेस्रो संस्करणमा नेपालले भुटानलाई ८–०, सन् २०१६ को चौथो संस्करणमा ८–०, सन् २०१९ को पाँचौँ संस्करणमा ३–० र सन् २०२२ को छैटौँ संस्करणमा ४–० ले हराएको नेपाललाई अपराजित शाख जोगाउने चुनौती पनि छ ।
पछिल्लो समय भुटानले फुटबल खेलमा राम्रो लगानी गरेकोले भुटानपनि नेपाललाई कडा टक्कर दिने लक्ष्यमा छ । नेपालका प्रशिक्षक राजेन्द्र तामाङले भुटान पछिल्लो समय राम्रो भएकोले सजग भएर खेल्ने बताउँछन् । ‘‘नेपालको एउटै लक्ष्य उपाधि हो । हरेक पटक फाइनलमा पराजित भएको तितो क्षणलाई यस पटक बिर्साउने योजनामा छौँ । टिमको रूपमा जस्मा १५ दिन तयारी गरेका छौँ । तर पनि टोलीमा अनुभवी खेलाडी भएकोले हरेक खेल जितका लागि खेल्नेछौँ,’’ प्रशिक्षक तामाङले भने ।
भुटानकी मुख्य प्रशिक्षक निकोला डेमाइनले नेपालसँग खेल्दा दबाब नहुने बताए । ‘‘मैदानमा हाम्रो प्रयास जितका लागि हुनेछ । घरेलु मैदानमा जित्ने दबाब घरेलु टिमलाई नै हुन्छ । नेपाल बलियो छ, तरपनि हामी राम्रो फुटबल खेल्दै नजिता निकाल्न चाहन्छौँ,’’ अष्ट्रेलियन मुलकी प्रशिक्षक निकोलाले भनिन् ।
कात्तिक १४ गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपको समूह ‘ए’ मा साबिक विजेता बङ्गलादेश, भारत र पाकिस्तान रहेको छ । समूह ‘बी’ मा आयोजक नेपालसहित माल्दिभ्स, भुटान र श्रीलङ्का रहेका छन् । बिहीबार भएको समूह ‘ए’ को पहिलो एवं उद्घाटन खेलमा भारतले पाकिस्तानलाई ५२ गोलले पराजित गरेको थियो ।
Comments
अरु समाचार
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...












