सहरी विकास मन्त्रालयका एक सय दिनको प्रगति विवरण सार्वजनिक
काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफूले मन्त्रालय सम्हालेको एकसय दिनको काम र आगामी योजना सार्वजनिक गरेका छन् ।
आज मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी उनले सार्वजनिक गरेको विवरणमा एक सय दिनमा धरहरा सञ्चालनदेखि मन्त्री आवास र २५ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माण गरिएको उल्लेख छ । मन्त्रालयले उक्त अवधिमा लिइएका ११ वटामध्ये आठ लक्ष्य हासिल भइसकेको र तीन वटा योजना चालु अवस्थामा रहेको जनाएको छ ।
मन्त्रालयका सचिव मणिराम गेलालले मन्त्री सिंहले मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत काम अघि बढेको बताएका छन् । “दमकको व्यापारिक भवन, बुटवलको सभाहल, धरहराजस्ता ठूला संरचना निर्माण भइसकेको छ, अब कसरी सञ्चालन गर्ने भन्ने विषयमा गठनादेश बनाएर मन्त्रिपरिषद्मै पठाएका छौँ”, उनले भने ।
मन्त्रालयले गत असोज ३ गतेदेखि सर्वसाधरणका लागि धरहरा परिसरमा निर्मित मुख्य संरचनामा पहुँच खुला गरेको विषयलाई पनि उपलब्धिका रुपमा प्रस्तुत गरिएको छ ।
मन्त्रालयका अनुसार यस अवधिमा सात वटा स्वास्थ्य भवन निर्माण भएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय सोलुखुम्बु, पाँचथर, लुङरुपा आयुर्वेद औषधालय पाँचथर, डडेलधुरा उपक्षेत्रीय अस्पताल भवन, इसिबु स्वास्थ्य चौकी भवन, ते¥हथुम, मारेकहटहरे स्वास्थ्यचौकी र मूर्तिढुङ्गा स्वास्थ्यचौकी धनकुटा र थोक्लुङ स्वास्थ्यचौकी ते¥हथुमको निर्माण भइसकेको छ । जाजरकोट र रुकुमपूर्वमा भूकम्पबाट क्षतिग्रस्त सरकारी भवन तथा स्वास्थ्य संस्थाको भवन पुनःनिर्माण पनि सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ ।
ललितपुरको भैँसेपाटीमा मन्त्री आवास निर्माण सम्पन्न भई १८ जना सङ्घीयमन्त्री, राष्ट्रियसभाका उपाध्यक्ष र जवान लाइनको तीनवटै भवनमा सुरक्षाकर्मी बसिसकेको तथा बाँकी मन्त्री पनि केही दिनमा सर्ने तयारी भइरहेको उनको भनाइ छ ।
दमक व्यापारिक कम्प्लेक्स, चितवन सौराहा सभाहल निर्माण, नेपाल राष्ट्र बैंकको बैंकिङ कार्यालय भवनको पुनःनिर्माण सम्पन्न गरी हस्तान्तरण भइसकेको छ । साथै पच्चिस वटा स्थानीय तहको प्रशासकीय भवन निर्माण पनि पूरा भएको छ । मन्त्रालयका अनुसार यस अवधिमा ५० वटा झोलुङ्गे पुल निर्माणको लक्ष्य लिइएकामा ४० वटा सम्पन्न भएको र १० वटा निर्माणाधिन अवस्थामा छन् ।
सचिव गेलालका अनुसार पहुँच सुधारका लागि रणनीतिक रुपमा महत्वपूर्ण मानिएको नेपालको सबैभन्दा लामो त्रिवेणी सुस्ता बहुत्तरी झोलुङ्गे पुल सञ्चालनमा आइसकेको छ । काठमाडौँको गोकर्णदेखि गुह्येश्वरीसम्मको छ किमी क्षेत्रमा ढल व्यवस्थापनको काम पूरा भएको छ । साथै एक महिनाभित्र गोकर्णदेखि गुह्येश्वरीसम्म ढलमुक्त बनाउने योजना रहेको सचिव गेलालले बताए ।
Comments
अरु समाचार
-
३.१४ अंकले बढ्याे नेप्से, आठ अर्ब ६२ करोडकाे कारोबार
काठमाण्डाै – शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव १४ अङ्कले बढेर २...
-
केआईआईटीबाट निकालिएका नेपाली विद्यार्थी वीरगन्ज नाका हुँदै घर फर्किए
वीरगन्ज।भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयबाट कुटपिट गरि निकालिएकामध्ये १५६ जना नेपाली विद्यार्थी वीरगन्ज नाका...
-
आज पोखरा विश्वविद्यालयको दीक्षान्त समाारोह, प्रधानमन्त्री ओलीको उपस्थिति
गण्डकी । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदै छन् । पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहको उद्घाटनका लागि प्रधानमन्त्री ओली...
-
आज केही ठाउँमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान...
-
काभ्रेको तेमालमा बस दुर्घटना, एकजनाको ज्यान गयो
काभ्रे । काभ्रेको तेमालमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । घटनामा एकजना घाइते भएका छन् । आज बिहान...
-
आजको राशिफल: २०८१ फागुन ८ गते बिहीवार
आज २०८१ फागुन ८ गते, बिहीवार, २० फेब्रुवरी २०२५। फाल्गुण कृष्णपक्ष सप्तमी तिथि, प्रातः ६ः५३ बजेपछि अष्टमी। विशाखा नक्षत्र, १०ः५३...
-
केपी ओली कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक
काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिताको पहिलो खेलमा फागुन ११ गते विभागीय...
-
कांग्रेसका सभापति देउवा भारत जाने
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा भारत जाने भएका छन् । उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भ...
-
असमानता, गरिबी र भ्रष्टाचारलाई चिरेर सरकार अघि बढ्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारको...