नेपालगञ्जमा सांस्कृतिक महोत्सव आयोजना गरिने
काठमाडौं । आदिवासी जनजातिका परम्परागत कला, संस्कृति, रीतिरिवाज र वेशभूषा संरक्षण र प्रवर्द्धन गर्न नेपालगञ्जमा सांस्कृतिक महोत्सव आयोजना गरिने भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्ले ‘विश्वभरि फैलिएका हामी जनजाति हामी आदिवासी, जोगाइ राखौँ वेशभूषा, भाषा, संस्कृति’ भन्ने मूल नाराका साथ यही कात्तिक २९ देखि मङ्सिर १८ गतेसम्म नेपालगञ्जमा सांस्कृतिक महोत्सव २०८१ सञ्चालन गर्ने तयारी गरेको छ ।
कला तथा संस्कृति संरक्षणसहित संस्थाको भवन निर्माण सहयोगार्थ सञ्चालन गर्न लागिएको महोत्सवमा जाति, जनजाति, कला, संस्कृति संरक्षणका साथै राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूले मनोरञ्जन प्रदान गरिने नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्का अध्यक्ष डम्बरबहादुर थापामगरले जानकारी दिए ।
“आदिवासी जनजातिका परम्परागत रीतिरिवाज, चालचलन, कला, संस्कृति, वेशभूषालगायत सम्बन्धित सबै कुरा पछिल्लो समयमा हराउँदै जान थालेका छन्”, उनले भने, “यसलाई संरक्षण, जगेर्ना र प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यका साथ नेपालगञ्जमा महोत्सव आयोजना गर्न लागिएको हो ।”
महोत्सवभर आदिवासी जनजातिका कला, संस्कृतिसम्बन्धी पौराणिक कला जातीय वेशभूषाको प्रदर्शन गरिने, कृषि पर्यटन हस्तकलासहितका प्रदर्शनी कक्ष राखिने, लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा रहेका धार्मिक तथा पर्यटकीयस्थल प्रदर्शनी गरिने तथा जातीय खाना प्रदर्शनी गरिने अध्यक्ष थापामगरको भनाइ छ ।
महोत्सव अवधिभर तीन लाख दर्शकले मेला अवलोकन गर्ने र रु पाँच करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सव सफल पार्न अध्यक्ष थापामगरको संयोजकत्वमा मूल आयोजक समिति र सचिव राजन रानामगरको संयोजकत्वमा सचिवालय गठन गरिएको छ ।
महोत्सवलाई व्यवस्थित रूपले सम्पन्न गर्न कृष्ण पुनमगरको संयोजकत्वमा सल्लाहकार उपसमिति, भूपेन्द्र पुनमगरको संयोजकत्वमा सुरक्षा उपसमिति, अजय पुनमगर (गोपाल)को संयोजकत्वमा आर्थिक उपसमिति, सङ्गीता चौधरीको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, गनबहादुर गुरुङको संयोजकत्वमा झाँकी र्याली व्यवस्थापन उपसमिति, सुन्दर गुरुङको संयोजकत्वमा सांस्कृतिक उपसमिति, आइत पुनमगरको संयोजकत्वमा खानेपानी तथा शौचालय उपसमिति, जनक पहराई मगरको संयोजकत्वमा स्वयंसेवक उपसमिति र अशोक थापामगरको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको महासङ्घका सचिव राजन रानामगरले जानकारी दिए ।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












