मेची–महाकाली राष्ट्रिय उद्धार यात्राः मधेस र कोशी प्रदेशबाट सडकमा आश्रित ८४ जना मानवको उद्धार
वीरगञ्ज (पर्सा): मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको आठौँ दिनसम्म कोशी र मधेस प्रदेशबाट ८४ जना सडकमा आश्रित मानवको उद्धार गरिएको छ । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनले अघि सारेको मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज २६ गते प्रधानमन्त्री निवास बालुवाटारबाट शुभारम्भ गर्नुभएको थियो । उद्धारकार्य भने यही असोज २८ गतेदेखि मेचीपुलबाट थालनी गरिएको थियो । मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले मेची– महाकाली राष्ट्रिय उद्धार यात्राको आठौँ दिन सोमबारसम्म आइपुग्दा कोशी र मधेस प्रदेशमा गरेर ८४ जना सडकमा आश्रित मानवको उद्धार गरेको जानकारी दिनुभयो ।
“मेचीपुलबाट यात्रा थालेको उद्धार यात्रा आठौँ दिनसम्म कोशी र मधेस प्रदेशमा सकाएका छौँ । कोशी प्रदेशबाट ४४ जना र मधेस प्रदेशबाट ४० जनाको उद्धार गरेका छौँ”, उहाँले भन्नुभयो, “मङ्गलबारदेखि भने बागमती प्रदेशमा रहेकाहरूको उद्धारकार्य अघि बढाइनेछ ।”
अध्यक्ष अधिकारीले कोशी र मधेस प्रदेशका उद्धार गरिएका सडकमा आश्रित मानवहरूलाई सरसफाइ र औषधोपचारपछि सोही प्रदेशमा रहेका मानव सेवा आश्रमका सेवा केन्द्रमा राखिएको जानकारी दिनुभयो । “अभियानको आठौँ दिन सोमबार वीरगञ्ज र सर्लाहीको हरिवनबाट तीन–तीनजना सडकमा आश्रितहरूको उद्धार गरेका छौँ”, उहाँले भन्नुभयो, “रौतहटको चपुरबाट भने चार जनाको उद्धार गरिएको छ ।”
मानव सेवा आश्रम वीरगञ्जका अभिभावक परिवारका सहसंयोजक प्रकाश थारूले उद्धार यात्राअन्तर्गत सोमबार वीरगञ्जबाट सडकमा आश्रित तीन जनाको उद्धार गरिएको जानकारी दिनुभयो । “वीरगञ्जको सडकमा बेवारिसे अवस्थामा आश्रित रहनुभएका तीन जनाको उद्धार गरेका छौँ”, उहाँले भन्नुभयो, “लामो समयदेखि सडकमै बसोबास गर्नुभएकाले अहिले राम्रो आश्रमस्थल पाउनुभएको छ, यो निकै सुखद् कुरा हो ।”
मानव सेवा आश्रम वीरगञ्जका अभिभावक परिवारका संयोजक हरि गौतमले मानवसेवा आश्रम वीरगञ्जमा अहिले ५४ जनाले आश्रयस्थल पाउँदै आएको जानकारी दिनुभयो । “आश्रममा बसोबास गर्नेलाई ठाउँ अभावले गर्दा नयाँ भवन निर्माणको काम अघि बढाइरहेका छौँ”, उहाँले भन्नुभयो, “भवन निर्माण गर्न विभिन्न सरकारी तथा गैरसरकारी निकायको सहयोग प्राप्त भए पनि आश्रम व्यवस्थापन र सञ्चालनमा रकमको अभाव भएको छ ।”
मानवसेवा आश्रमले सातै प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवा केन्द्र विस्तार गरेको छ । अहिले मानव सेवा आश्रममा एक हजार सात सय ९७ जनाले आश्रय लिँदै आइरहेका छन् । आश्रमले विगत १२ वर्षको अवधिमा १० हजार चार सय ९७ जनाको सडकबाट उद्धार गरेको जनाएको छ । जसमध्ये चार हजार एक सय ४६ जनाको पारिवारिक पुनःमिलन गराएको छ । त्यस्तै एक हजारभन्दा धेरै भारतीय नागरिकलाई पनि पारिवारिक पुनःमिलन गराएर घर पठाएको छ । त्यस्तै पाँच जना बङ्गलादेशी नागरिकलाई पनि पारिवारिक मिलन गराइसकेको छ ।
आश्रममा रहेका एक हजार तीन सय ३७ जनाको भने मृत्यु भइसकेको छ । आश्रमका अध्यक्ष अधिकारीले सडकबाट उद्धार गरिएकामा ६० प्रतिशत मानसिक समस्या देखिएकाले पनि औषधोउपचार र अन्य व्यवस्थापन गर्न आर्थिक चुनौती कायमै रहेको गुनासो गर्नुभयो । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित अभियान अघि सारेको हो । ३२ दिनसम्म सञ्चालन हुने उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा र मानवसेवा आश्रमका संस्थापक÷केन्द्रीय अध्यक्ष अधिकारीसहित ४७ जना यात्रीहरूको सहभागिता छ । यो अभियान यही कात्तिक २८ गते काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा समापन गरिने जनाइएको छ ।
Comments
अरु समाचार
-
पाथीभरा केबुलकार विवादः दोहोरो झपडमा १३ घाइते
काठमाडौं । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबुलकारको विषयलाई लिएर आन्दोलनरत पक्ष र प्रहरीबिच झडप हुँदा तेह्र जना घाइते भएका छन्।...
-
३.१४ अंकले बढ्याे नेप्से, आठ अर्ब ६२ करोडकाे कारोबार
काठमाण्डाै – शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव १४ अङ्कले बढेर २...
-
केआईआईटीबाट निकालिएका नेपाली विद्यार्थी वीरगन्ज नाका हुँदै घर फर्किए
वीरगन्ज।भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयबाट कुटपिट गरि निकालिएकामध्ये १५६ जना नेपाली विद्यार्थी वीरगन्ज नाका...
-
आज पोखरा विश्वविद्यालयको दीक्षान्त समाारोह, प्रधानमन्त्री ओलीको उपस्थिति
गण्डकी । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदै छन् । पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहको उद्घाटनका लागि प्रधानमन्त्री ओली...
-
आज केही ठाउँमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान...
-
काभ्रेको तेमालमा बस दुर्घटना, एकजनाको ज्यान गयो
काभ्रे । काभ्रेको तेमालमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । घटनामा एकजना घाइते भएका छन् । आज बिहान...
-
आजको राशिफल: २०८१ फागुन ८ गते बिहीवार
आज २०८१ फागुन ८ गते, बिहीवार, २० फेब्रुवरी २०२५। फाल्गुण कृष्णपक्ष सप्तमी तिथि, प्रातः ६ः५३ बजेपछि अष्टमी। विशाखा नक्षत्र, १०ः५३...
-
केपी ओली कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक
काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिताको पहिलो खेलमा फागुन ११ गते विभागीय...
-
दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको विदाई
काठमाडौं । दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको विदाई गरिएको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का...