विश्वबन्धुत्वको सन्देश लिएर राष्ट्रगान यात्री नेपाली भारत यात्रामा
गण्डकी, ६ कात्तिकः विश्वबन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावनाको सन्देशसहित विश्व राष्ट्रगान यात्री रामजी नेपाली भारत यात्रामा निस्कनुभएको छ । सोमबार पोखरादेखि बुटवल हुँदै उहाँ भारतको देहरादुनतर्फ लाग्नुभएको हो । नेपालीले एक सय ६० देशका राष्ट्रगान गाउँदै आउनुभएको छ । चन्द्र–सूर्य अङ्कित झन्डासहित देहरादुन, दिल्लीलगायत भारतका विभिन्न सहरको यात्रा गर्ने उहाँले बताउनुभयो ।
“केही समय देशभित्रैका विभिन्न ठाउँ घुमे, अब तीन महिनाजति भारतमा रहन्छु”, नेपालीले भन्नुभयो, “राष्ट्रगानमार्फत शान्ति र विश्वबन्धुत्वको भावना जागृत गराउनु मेरो उद्देश्य हो, नेपालको सांस्कृतिक पर्यटनलाई यो यात्राले टेवा पु¥याउने मेरो विश्वास छ ।” नेपालीले गत वर्ष पोखराको फेवाताल किनारमा दैनिकजसो राष्ट्रगान सुनाएर विदेशी पर्यटकमाझ आफूलाई प्रस्तुत गर्नुभएको थियो ।
आफ्नो देशको राष्ट्रगान नेपालीको गलाबाट सुन्दा विदेशी पर्यटकहरु टक्क रोकिएर राष्ट्रगानको सम्मान गरेको दृश्य मनछुने खालको देखिन्थ्यो । अन्य दर्शकले पनि नेपालीले अनेक भाषामा सम्बन्धित देशका राष्ट्रगान गाइरहँदा चाखपूर्वक सुन्थे । अर्कै महादेशमा आफ्नो देशको राष्ट्रगान त्यो पनि विदेशी गायकले गाएको देखेर पर्यटकहरु दङ्ग परे ।
कोभिड–१९ महामारीयता बाहिरी देशको यात्रा प्रभावित बनेपछि उहाँले पछिल्लो समय पर्यटकीय राजधानी पोखरालाई आधार बनाएर सङ्गीत साधना र विश्वयात्राको अभियानलाई अगाडि बढाउँदै आउनुभएको थियो । नेपाललाई विश्व बजारसँग जोड्ने र पर्यटन प्रवद्र्धन गर्ने ध्येय लिएर आफू यात्रामा निस्केको उहाँले सुनाउनुभयो ।
सबै देशका राष्ट्रगान गाउँदै विश्वयात्रा गर्ने लक्ष्य कठिन भए पनि विचलित नभई साधना र कर्ममा तल्लीन रहेको नेपालीको भनाइ छ । विश्वयात्राका क्रममा उहाँले हालसम्म ११ देशको भ्रमण गरिसक्नुभएको छ । नेपाली दुई वर्षअघि संयुक्त अरब इमिरेट्स ९युएई० मा तीन महिना बिताएर आउनुभएको थियो । कोभिड–१९ महामारीयता उहाँको पहिलो विदेशयात्रा त्यही थियो । उहाँले विश्वयात्राका लागि सहयोगको पनि याचना गर्दै आउनुभएको छ । इष्टमित्र र शुभेच्छुकको सहयोगबाट केही देश पुग्न उहाँ सफल हुनुभएको हो ।
“शुभेच्छुक सङ्घसंस्था र महानुभावहरुको सहयोगका भरमा म यो यात्रामा छु, मसँग त घुम्नका लागि कुनै स्रोत छैन, सहयोगको याचना गर्दै हिँड्छु, यसरी नै चलेको छ”, उहाँले भन्नुभयो । नेपालीको पहिलो विदेशयात्रा सन् २०१७ मा बेल्जियमबाट सुरु भएको थियो । बेल्जियमसँगै फ्रान्स, स्पेन र नेदरल्यान्डका विभिन्न सहर र सार्वजनिकस्थलमा समेत राष्ट्रगान गाएको उहाँले स्मरण गर्नुभयो ।
“आइफिल टावरमा पुगेर फ्रान्सको राष्ट्रगान गाएँ, प्रवासी नेपालीहरूसँगको समन्वयमा म युरोप पुगेको थिएँ”, नेपालीले विगत सम्झनुभयो । उहाँले चार वर्षअघि पहिलोपटक राष्ट्रगान यात्राका क्रममा भारत पुग्दा चेन्नइदेखि हिमाञ्चल प्रदेशसम्मको यात्रा गर्नुभएको थियो ।
नेपालीले जुन देश पुग्दा पनि पहिले नेपालको र त्यसपछि मात्र सम्बन्धित देशको राष्ट्रगान गाउने गर्नुभएको छ । सन् २०२५ भित्र एक सय ९५ देशका राष्ट्रगान गाउँदै विश्वका दुई सय ३२ वटै देश पुग्ने उहाँको लक्ष्य पूरा हुने देखिएको छैन । कोभिड–१९ महामारी, आर्थिक मन्दी आदि कारणले यात्रामा अवरोध आएको नेपालीले बताउनुभयो ।
जस्तै सङ्कट आए पनि नयाँ–नयाँ देशको राष्ट्रगान सङ्कलन र गायन अभ्यासलाई भने आफूले नछाडेको उहाँको भनाइ छ । “मैले दायाँबायाँ केही सोचेको छैन, म यसैमा साधनारत छु, राम्रो समयको पर्खाइमा छु, आत्तिएको छैन”, नेपालीले भन्नुभयो । बागलुङको बागलुङ नगरपालिका–६ भिरलाङ्खुरीमा जन्मिनुभएका नेपालीसँग सबैभन्दा धेरै देशका राष्ट्रगान गाउन सक्ने गायकका रूपमा विश्व कीर्तिमान राख्ने सपना छ । त्योभन्दा बढी बुद्ध र सगरमाथाको देशका रूपमा नेपालको चिनारी देशदेशान्तर फैलाउने चाहना उहाँमा छ ।
नेपालीले ‘गुगल’, ‘युट्युब’जस्ता माध्यमबाट विभिन्न देशका राष्ट्रगान र तिनका ‘ट्र्याक’ खोजेर गाउने गर्दै आउनुभएको छ । एक सय ९५ देशका राष्ट्रगान र तिनका धून सङ्कलन गरिसकेको उहाँको भनाइ छ । अनेक भाषाका राष्ट्रगान सही ढङ्गले गाउनु चुनौतीपूर्ण विषय भएको नेपालीको अनुभव छ । “सङ्गीत, भाषा, उच्चारणदेखि धेरै पक्ष ख्याल गर्नुपर्ने हुन्छ, एउटा राष्ट्रगान गाउनसक्ने हुन लामो अभ्यास र प्रक्रिया पार गर्नुपर्छ”, नेपालीले भन्नुभयो, “सबै भाषाका गीतलाई नेपाली रोमनमा उतारेर गाउने गरेका छु ।”
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...
-
एमाले महाधिवेशनः गठन भयो माइन्युट कमिटी, के गर्नेछ काम ?
काठमाडौं । नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ। महाधिवेशनअन्तर्गत...
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
एमाले उपाध्यक्ष ज्ञवालीद्वारा सक्रिय राजनीतिबाट विश्राम लिएकोको घोषणा
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट बाहिरिएको घोषणा गरेको छन् । पार्टीको ११औँ महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपबाट उनले...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...












