विचाराधीन विधेयक पेस गर्न सभामुखको निर्देशन
काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिहरूमा विचाराधीन रहेका विधेयकलाई आगामी अधिवेशनमा पेस गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज बसेको संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकसँगको बैठकमा उनले सो निर्देशन दिएका छन् ।
बैठकमा सभामुख घिमिरेले ‘कुन समितिमा कति विधेयक छन् ? त्यसलाई पास गर्न कति समय लाग्छ’ भनेर चासो देखाएका उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले जानकारी दिए ।
बैठकमा समिति सभापतिहरूले संसद् अधिवेशन अन्त्य भएसँगै बैठक बस्न नसकेको जानकारी सभामुखलाई दिएका थिए । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति खानले भने, “हामी समितिका सभापतिहरू अधिकांश सांसद गृह जिल्ला गएकाले बैठक बस्न कोरमसमेत नपुगेको कुरा सभामुखसँग राख्यौँ ।”
सभामुख घिमिरेले आज बिहान ११ः३० बजे दफावार छलफलका लागि विधेयक रहेका समितिका सभापतिहरू र प्रमुख दलका प्रमुख सचेतकसँग छलफल गरेका छने । संसद्को आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन सभामुखले सभापतिहरूलाई बोलाएका हो ।
बैठकमा एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोलाइएको थियो । एमालेका मुख्य सचेतक बर्तौलाले सभामुखले विशेषगरी संसदीय समितिको बैठक राख्नका लागि निर्देशन दिएका जानकारी दिए ।
Comments
अरु समाचार
-
३.१४ अंकले बढ्याे नेप्से, आठ अर्ब ६२ करोडकाे कारोबार
काठमाण्डाै – शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव १४ अङ्कले बढेर २...
-
केआईआईटीबाट निकालिएका नेपाली विद्यार्थी वीरगन्ज नाका हुँदै घर फर्किए
वीरगन्ज।भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयबाट कुटपिट गरि निकालिएकामध्ये १५६ जना नेपाली विद्यार्थी वीरगन्ज नाका...
-
आज पोखरा विश्वविद्यालयको दीक्षान्त समाारोह, प्रधानमन्त्री ओलीको उपस्थिति
गण्डकी । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदै छन् । पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहको उद्घाटनका लागि प्रधानमन्त्री ओली...
-
आज केही ठाउँमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान...
-
काभ्रेको तेमालमा बस दुर्घटना, एकजनाको ज्यान गयो
काभ्रे । काभ्रेको तेमालमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । घटनामा एकजना घाइते भएका छन् । आज बिहान...
-
आजको राशिफल: २०८१ फागुन ८ गते बिहीवार
आज २०८१ फागुन ८ गते, बिहीवार, २० फेब्रुवरी २०२५। फाल्गुण कृष्णपक्ष सप्तमी तिथि, प्रातः ६ः५३ बजेपछि अष्टमी। विशाखा नक्षत्र, १०ः५३...
-
केपी ओली कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक
काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिताको पहिलो खेलमा फागुन ११ गते विभागीय...
-
कांग्रेसका सभापति देउवा भारत जाने
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा भारत जाने भएका छन् । उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भ...
-
असमानता, गरिबी र भ्रष्टाचारलाई चिरेर सरकार अघि बढ्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारको...