भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा सरकार प्रष्ट छ: गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा अहिलेको सरकार प्रष्ट रहेको बताएका छन् ।
सिंहदरबारस्थित प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले सरकार भ्रष्टाचार निवारण/नियन्त्रण, भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा प्रष्ट रहेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयन गर्न भ्रष्टाचारलाई पूर्ण रुपमा निर्मूल गर्न कानुन र विधयेक प्रस्तुत गरिएको धारणा राखेका हुन् ।
“प्रस्तुत विधयेक चाँडोभन्दा चाँडो समितिबाट टुङ्गो लगाएर आगामी अधिवेशनमा पूर्णता दिने कुरामा समितिले काम गरिदेओस भन्ने सरकारका तर्फबाट आग्रह छ”, गृहमन्त्री लेखकले भने–“यी विधयेक प्राथमिकतामा छन्, तुरुन्त पारित गरेर कानुन बनाउनुपर्छ ।”
विधेयकलाई आउँदो अधिवेशबाट पुर्ण रुपले पारित गरेर कार्यान्वयन गर्न र प्रचलनमा ल्याउन समितिले टुङ्गोमा पु¥याएर सङ्घीय संसद्को अधिवेशनमा प्रस्तुत गर्न उनले आग्रह गरे । “अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन तथा भ्रष्टाचार निवारण ऐनसम्बन्धी ऐनलाई समसामयिक रुपले परिमार्जन र संशोधन गर्न विधयेकहरु प्रस्तुत गरिएका छन्”, उनले भने, “जुन सम्मानित समितिमा विचाराधीन छ ।”
गृहमन्त्री लेखकले भ्रष्टाचारलाई न्यूनीकरण गरेर यसमा शून्य सहनशीलताको नीति अवलम्बन गरेर मुलुकमा सुशासनको प्रत्याभूति गर्न सरकार प्रतिबद्ध रहेको बताए । “यी विधयेकहरु पूर्ववर्ती सरकारबाट प्रस्तुत भएका भए पनि सरकार भनेको अविछिन्न उत्तराधिकारी हो, सरकार अलग/अलग हुँदैन”, उनले भने ।
Comments
अरु समाचार
-
‘उत्साहजकरुपमा हुँदैछ मतदाता नामावली संकलन’
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशभर मतदाता नामावली संकलन कार्य तीव्र गतिमा जारी रहेको छ। निर्वाचन आयोगका प्रवक्ता...
-
पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन
काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ । काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा गएराति...
-
मन्त्रिपरिषद् बैठकका पछिल्ला १३ निर्णय सार्वजनिक (सूचीसहित)
काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना...
-
किन पक्राउ परे एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा ?
काठमाडौं । एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन् । बहुविवाह सम्वन्धी मुद्दामा सजाय भुक्तान गर्न बाँकी रहेकाले शेर्पालाई...
-
राजदूत फिर्ता बोलाउने विषयमा सरकार अडिग
काठमाडौं । राजदूत फिर्ता बोलाउने विषयमा सरकार अडिग रहेको छ । अर्को व्यवस्था नभएसम्म परराष्ट्र मन्त्रालयमा हाजिर हुनेगरी आउन पत्राचार...
-
‘फागुन २१ को निर्वाचन युवा पुस्ता आन्दोलनको उपलब्धि”
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा हुने आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि भएको बताएका छन्...
-
वैशाखकाे अन्तिम साता १५औं महाधिवेशन गर्ने कांग्रेस संस्थापन पक्षकाे प्रस्ताव
काठमाडौं। नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको १५औं महाधिवेशन आगामी वैशाख महिनाको अन्तिम साता गर्ने प्रस्ताव अघि सारेको छ। सोमबार नयाँ...
-
प्रधानमन्त्री कार्की र संघीय संसद्का दुवै सदनका प्रमुखबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र संघीय संसद्का दुवै सदनका प्रमुखबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार...
-
यसरी भयो आठ कम्युनिष्ट दलहरूबीच एकताको सहमति
काठमाण्डौ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत आठ कम्युनिस्ट पार्टीहरुले पार्टी एकता गर्ने निर्णय गरेका छन् । माओवादीका...












