ताजा समाचार

बेल्जियमका लागि प्रस्तावित राजदूत लम्सालको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम अनुमोदन गरेको छ ।

समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा आज बसेको बैठकले लम्सालको नाम सर्वसम्मतिले अनुमोदन गरेको समिति सदस्य महेशप्रसाद बर्तौलाले जानकारी दिए ।

यसअघि बैठकमा प्रस्तावित राजदूत लम्सालले आफ्नो अनुभव, योग्यता, अभिरुची र भावी रणनीतिसहितको कार्ययोजना प्रस्तुत गरेकी थिईन् । परराष्ट्र मन्त्रालयको सचिवका रुपमा कार्यरत उनले यसअघि पाकिस्तानका लागि नेपाली राजदूतको जिम्मेवारी सम्हाली सकेकिछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org