त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो सुनसहित तीनजना पक्राउ
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ दशमलव ७ किलोग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।
विमानस्थलबाट मंगलबारसाँझ करिब ५ किलो ७ सय ग्राम सुनसहित तीनजनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक (पुनः जाँच) गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकरमा करिब ५ के.जी. ७ सय ग्राम सुन फेला परेपछि सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निमन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको छ । एयर अरेवियाको उडान नं.जी९५३० मा शारजाहबाट काठमाडौं आएका चिनिया र म्यानमारका नागरिकबाट सो सुन बरामद भएको हो ।
Comments
अरु समाचार
-
हेटौँडा उपमहानगरलाई आज बालमैत्री घोषणा गरिँदै
काठमाडौं । हेटौँडा उपमहानगरपालिकालाई आज बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा गरिने भएको छ । आज हेटौडा–५ स्थित पिप्ले क्याम्पा रङ्गशालामा...
-
आज विश्व रेडियो दिवस: विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं । आज विश्व रेडियो दिवस नेपालसहित विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक,...
-
आजको राशिफल: २०८१ फागुन १ गते बिहीबार
मेष: नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन्। तर दिउँसोदेखि आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। केही अवसर प्राप्त...
-
शंखरापुर बस दुर्घटनाः ज्यान गुमाउने तीन विद्यार्थीको सनाखत
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–५ मा भएको स्कुल बस दुर्घटनामा ज्यान गुमाउने तीन जना विद्यार्थीको सनाखत भएको छ । चाबहिलको...
-
खानेपानीको पाइप फुट्दा बबरमहलमा बाढी, डुबानमा सरकारी कार्यालय
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानीको पाइप फुटेर लथालिंग बन्दा विशेष अदालत वन कार्यालय परिसर डुबानमा परेको छ।पाइप फुटेपछि अहिले...
-
मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल
काठमाडौं । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको चिकित्सा शिक्षा आयोगको १७ औँ बैठकले निजी मेडिकल कलेजमा...
-
कोशीटप्पुमा चराको सङ्ख्या बढ्यो, ७६ प्रजाति
मोरङ। कोशीटप्पु वन्यजन्तु आरक्षमा यसवर्ष चराको सङ्ख्या बढेको छ । आरक्ष र आसपासका क्षेत्रमा हालै गरिएकोे गणनामा विगत वर्षको तुलनामा...
-
सरकारले फागुनमा देशव्यापी नसर्ने रोग परीक्षण गर्ने,१ करोडलाई समेट्ने लक्ष्य
काठमाडौं । देशमा नसर्ने रोगको भार बढ्दै गएको स्थितिमा यसलाई नियन्त्रण गर्न सरकारले फागुन महिनाभर नसर्ने रोगको परीक्षण देशव्यापी रूपमा...
-
आज विभिन्न आठ वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज एकै दिन ८ वटा संसदीय समितिको बैठक बस्दैछ । संघीय संसद्अन्तर्गतका ८ वटा समितिले बुधबार एकै दिन...